जापानमा बाढी पिडितको लागी सहयोग गर्नेहरु जुट्दै, दुईदिनमै ६५ हजार संकलन
साउन ३१, २०७४ 2017-08-15 मा प्रकाशित Published at 2017-08-15
1218 views

टोकियो ।

नेपालमा बाढीका कारण घरबार बिहिन भएका तथा गाँसबासको अभावमा परेका पिडितहरुको सहयोगार्थ जापानमा थालिएको राहत संकलनको दुई दिनमा ६५ हजार येन संकलन भएको छ ।

टपनेपालन्युजडटकमको पहल तथा धुर्मुस सुन्तली फाउण्डेसनसँगको सहकार्यमा थालिएको राहत संकलनको दुई दिनमा करिव ६६ हजार येन संकलन भएके राहत संकलनको नेतृत्व गरिरहनुभएकी शान्ति गौतमले जानकारी दिनुभएको छ ।

गौतम र बरुण सिग्दलको नेतृत्वमा थालिएको राहत संकलनको क्रममा सहयोग गर्नेहरु बढेको भन्दै उहाँहरुले मंगलबार र बुधवार थप सहयोग जुटाएर सम्भव भएसम्म बिहिबार नेपाल पठाउने तयारी गरिएको जानकारी दिनुभएको छ ।

शान्ति गौतमले भन्नुभयो 'राहत संकलन थालिएको जानकारी पाउनेबित्तिकै नेपालको पिडा र तराईका नागरिकहरुको दुखमा साथ दिंदै सहयोग गर्न ईच्छुक दर्जनौं व्यक्तिहरुले सम्पर्क सहित रकम पठाउन थाल्नुभएको छ ।'

तराईका बाढी पिडितको सहयोगार्थ धुर्मुस सुन्तली फाउण्डेसनको सहकार्यमा जापानमा आर्थिक संकलन सुरु

एकसाता यता लगातार परिरहेको भारी बर्षाका कारण पूर्वी तराई सहित भारतीय सिमा जोडिएको क्षेत्रका अधिकाशं भूभाग जलमग्न भएका छन् ।

हालसम्ममा बाढी तथा पहिरोमा परि ९१ जनाको निधन भइसकेको छ भने ३५ जना बेपत्ता तथा सयौं व्यक्ति घाइते भएका छन् । गृहमन्त्रालयले दशौं हजार व्यक्ति विस्थापित भएको तथा यतिनै संख्यामा प्रत्यक्ष रुपमा गाँसबासको अभाव झेलिरहेको बताएको छ ।

बाढीबाट प्रभावित नेपालीहरुको पिडामा साथ दिन थालिएको यो अभियानमा तपाईपनि सक्दो सहयोग गर्न सक्नुहुनेछ ।

बाढीबाट घरबार बिहिन भएका, गाँसबास समेत अभावमा पानीमै रुझेर खुल्ला आकाशमुनी बस्न बाध्य उनिहरुको लागि सहयोग गर्न चाहनुहुने व्यक्तिहरुले जापान पोष्ट बैंकको १४१२ ०४७८ ७८०२१ मा सक्दो सहयोग रकम जम्मा गर्न सक्नुहुनेछ ।

यसको लागि राहत संकलनको नेतृत्व गरिरहनुभएकी शान्ति गौतमलाई ०८० ५६८८ २५५० र बरुण सिग्देललाई ०८० ४३३६ २५५० मा सम्पर्क गरेर समेत सहयोग रकम जम्मा गराउन सक्नुहुनेछ ।

तपाईहरुबाट प्राप्त सबै रकमको विवरण हरेक दिन साँझ यसै वेवसाइट र हाम्रो फेसबुकपेजमा प्रकाशित गर्नेछौं । साथै प्राप्त रकम धुर्मुस सुन्तडी फाउण्डेसनसँगको सहकार्यमा स्थानिय पत्रकार तथा संघसंस्थाको समन्वयमा पारदर्शी ढंगले वितरण गरेको सबै विवरण हामी उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गर्दछौं ।

बाढी पिडित राहत सकंलनको नेतृत्व गरिरहनुभएका शान्ति गौतम र बरुण सिग्देलले दिनुभएको जानकारी अनुसार हालसम्म प्राप्त सहयोग रकम विवरणहरु यस प्रकार छन्

सुर्य खड्का १०००

धुर्व गौतम १५००

सुस्मिता सुवेदी १०००

सरु लम्साल १०००

दिपक गौतम १०००

मानसिं लोहनी ५०००

गुञ्जन लोहनी ४०००

सव पर्ल ज्वेलरी ५०००

सुस्मिता सुवेदी १०००

शान्ति गौतम ५०००

बरुण सिग्देल ५०००

टपनेपालन्युजडटकम 'गोकर्ण अधिकारी' ५०००

कोइराला प्रल्हाद ३०००

दिपिका कँडेल रिजाल १०००

आरोहि सुवेदी ५०००

आकाश दवाडी ३०००

जोया खड्का १०००

रोशनी विष्ट २०००

यमीता कँडेल ५०००

ईश्वरी कँडेल २०००

सुस्मा जिसि ५०००

इन्दु गौतम १०००

ईश्वरी कँडेल सेवा २०००

गिता भेटुवाल ११११