जापानमा खोलामा पौडि खेल्न गएका २६ बर्षीय नेपाली युवा बेपत्ता, को हुन् बेपत्ता भएका युवा ?

साउन २८, २०७४ मा प्रकाशित | 6280 views

ज्याक खड्का-टोकियो ।

जापानमा गर्मी छल्न खोलामा पौडि खेल्न गएका एक नेपाली युवा बेपत्ता भएका छन् ।

प्राप्त समाचार अनुसार जापानको तोचिगी केनको एक खोलामा पौडि खेल्न गएका २६ वर्षीय रिमाल थर गरेका एक युवा बेपत्ता भएका हुन् । यद्यपी उनको नाम तथा विस्तृत विवरण खुलीसकेको छैन ।

जापानी समाचार एनएचके अनलाईनले जापानी प्रहरीलाई उदृत गर्दै लेखे अनुसार तोचिगी सिटीको खोलामा पौडि खेल्न गएका उनी खोलामा खेलिरहँदा बेपत्ता भएको र उनलाई पौडि खेल्न नआउने हुनसक्ने ठानिएको छ । शनिवार अपरान्ह ३ देखी साँडे ३ बजेको बिचमा भएको घटना लगत्तै स्थानिय प्रहरीले उनको खोजि थालेको थियो ।

बेपत्ता नेपाली युवासँगै रहेका अन्य पाँच जनाले उनि बेपत्ता भएको जनाईएपनि उनिहरु बारे केही उल्लेख गरिएको छ । जापानी प्रहरीले बेपत्ता युवाबारे जानकारी दिएकाहरुको भनाईका आधारमा व्यापक खोजि थालिएको बताएको छ । यद्यपी अबेर साँझ सम्ममा बेपत्ता युवाबारे पत्ता लाग्न नसकेको बताइएको छ ।

१२ तारिक शनिवार भएको घटनाका समयमा खोलामा पानीको बहाव अघिपछि भन्दा केही बढि रहेको र उनलाई बगाएको आशंकामा प्रहरीले त्यसवरपर खोजिकार्य जारी राखेको छ ।

पछिल्लो एक साता यता जापानमा गर्मिको तापमान बढेर ३८ डिग्रिसम्म पुगेको छ । गर्मी बढेसँगै फुर्सद तथा छुट्टीको समय पारेर समुन्द्र तथा स्थानिय खोलाहरुमा पौडि खेल्न जानेहरुको संख्या बढ्दो छ ।

पौडि खेल्न नआउनेहरुले पानीमा तैरने सुरक्षित कपडा तथा सामग्री प्रयोग एवं बिचभागमा बगाउन सक्ने ठाउँमा नजान तथा राम्रो पौडि खेल्न आउने साथिको सहायतामा मात्र खोला तथा समुन्द्रमा गएमा यस्ता दुखद घटना घट्ने सम्भावना कम रहन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web