अक्सिजन नहुँदा भारतमा अस्पतालमै २० बालबालिकाको मृत्यु

साउन २८, २०७४ मा प्रकाशित | 1546 views

गोरखपुर ।

भारतको गोरखपुरमा अस्पतालमा उपचार गराईरहेका २० बालबालिकाको अक्सिजन अभावमा निधन भएको छ ।

गोरखपुरमा रहेको बिआरडी मेडिकल कलेजमा अक्सिजनको सप्लाई बन्द भएर त्यहाँ उपचार गराइरहेका बालिबालिकाको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

गोरखपुरका जिल्ला अधिकारी राजीव रौतेलाका अनुसार पछिल्लो ४८ घण्टामा विभिन्न कारणले समग्रमा ३० बालबालिकाको ज्यान गएको समाचार संस्था पिटिआईले उल्लेख गरेको छ ।

तर उत्तर प्रदेश सरकारले भने अस्पतालमा अक्सिजनको अभाव भएका कारण बिरामीको ज्यान गएको भन्ने कुरा भ्रमक रहेको दाबी गरेको छ ।

उत्तर प्रदेश सरकारले ट्वीट गरेर बिआरडी मेडिकल कलेजमा अकिसजनको अभावका कारण कुनै पनि बिरामीको ज्यान नगएको दाबी गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web