रेल दुर्घटनामा परि इजिप्टमा कम्तिमा ४१ जनाको मृत्यु

साउन २८, २०७४ मा प्रकाशित | 1191 views

एजेन्सी ।

दुई यात्रुबोकेका रेल ठोक्किंदा इजिप्टको उत्तरी क्षेत्रमा कम्तिमा ४१ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परि एक सय २० जना भन्दा धेरै घाइते भएको इजिप्टका स्वास्थ्य अधिकारीले बताएका छन् । तटीय शहर एलेक्जान्ड्रियामा यो दुर्घटना भएको हो ।

राजधानी कायरोबाट आउँदै गरेको र पोर्ट सईदबाट आउँदै गरेको रेल नेपाली समय अनुसार शुक्रबार बेलुका ६ बजे ठोक्किएका हुन् । दुर्घटना लगतैदेखि उद्धार तथा राहतको काम भइरहेको सरकारी अधिकारीले बताएका छन् । दुर्घटनाको कारण अहिलेसम्म खुलेको छैन । इजिप्टमा यस किसिमको रेल दुर्घटना निकै कम हुने गरेका छन् ।

यातायात मन्त्री हिशम अराफतले मानवीय त्रुटीका कारण दुर्घटना भएको हुन सक्ने बताउनुभएको बिबिसीले उल्लेख गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web