सरकारको निर्णय होला त कार्यान्वयन ?

साउन २८, २०७४ मा प्रकाशित | 1150 views

काठमाडौं ।

तराई मधेसमा २२ स्थानीय तह थप्ने सरकारको निर्णयलाई सर्वोच्च अदालतले वैधानिकता प्रदान गरेपछि सो निर्णय कार्यान्वयन होला भन्ने चासो बढ्दै गएको छ ।

सरकराले जेठ ८ गते मधेसका १२ जिल्लामा स्थानीय तह संख्या थप्ने निर्णय गरेको खबर आजको नेपाल समाचारपत्रमा छ ।

त्यस क्रममा विराटनगर र वीरगञ्ज महानगरमा स्तरोन्नति गर्दै महानगर बनाउने घोषणा गरेको थियो ।

यस विषयमा संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव दिनेश थपलियाले, अदालतको आदेशको पूर्ण पाठ नआएको अवस्थामा निर्णय यसरी कार्यान्वयन हुन्छ भनेर भन्न सकिने अवस्था नरहेको बताए ।

उनले भने, 'अदालतमा पूर्ण पाठ लिन पठाएको थिएँ । पूर्ण पाठ आएको रहेनछ । यसले गर्दा यसै भन्न सकिन्न ।'

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web