<h5 style="font-family: "Noto Sans", sans-serif; color: rgb(26, 26, 26);">वासिंटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाले अमेरिकामाथि आक्रमण गरे उसले नराम्रोसँग पछुताउनुपर्ने चेतावनी दिएका छन् ।
<p style="margin-top: 0.6em; line-height: 1.9; font-size: 1.245em; color: rgb(26, 26, 26); font-family: "Noto Sans", sans-serif; text-align: justify;">उनले उत्तर कोरियाले जारी राखेको हर्कत नरोके ठूलो मूल्य चुकाउनुपर्ने बताए । अहिलेसम्म कमै राष्ट्रले भोगेको दुर्दशा उत्तर कोरियाले भोग्नुपर्ने उनको भनाइ थियो ।
<p style="margin-top: 0.6em; line-height: 1.9; font-size: 1.245em; color: rgb(26, 26, 26); font-family: "Noto Sans", sans-serif; text-align: justify;">उत्तर कोरियाले अमेरिकी क्षेत्र गुआममा चार वटा मिसाइल हान्ने चेतावनी दिएपछि ट्रम्पको प्रतिक्रिया आएको हो । उत्तर कोरियाले जुलाइमा अन्तरमहादेशीय मिसाइल परीक्षण गरेपछि अमेरिका र उत्तर कोरियाबीच तनाव बढ्दै गएको छ ।
<p style="margin-top: 0.6em; line-height: 1.9; font-size: 1.245em; color: rgb(26, 26, 26); font-family: "Noto Sans", sans-serif; text-align: justify;">अमेरिकाको न्यूजर्सीमा बोल्दै ट्रम्पले उत्तर कोरियासँग वार्ता गर्न अमेरिका सधैं तयार रहेको बताए । उनले उत्तर कोरियाको विषयलाई लिएर आफूले अहिल्यै कडा प्रतिक्रिया नजनाएको बताए ।
18.12¡ÆC