सुनसरी र सप्तरीमा बाढीको त्रास

साउन २७, २०७४ मा प्रकाशित | 878 views

सुनसरी ।

पूर्वी पहाडी क्षेत्रमा अविरल वर्षापछि त्यस क्षेत्रका नदी र खोलामा आएको बाढीले सुनसरी र सप्तरी जिल्लामा पनि त्रास बढेको छ ।

आज अपराह्न २ बजेतिर सप्तकोशीमा आएको बाढी कोशी ब्यारेजमा रहेको जलमापन केन्द्रमा भएको मापकअनुसार २ लाख ४० हजार ८९० क्युसेक प्रतिसेकेण्ड वहाव मापन भएको छ ।

आज अपराह्नतिर सप्तकोशीमा आएको बाढीको मापनअनुसार कोशी ब्यारेजमा पानी निकासका लागि बनाइएका ५६ ढोकामध्ये ३० ढोका खोलिएकाले जोखिम नभएको सुनसरीका प्रजिअ गोपालप्रसाद पराजुलीले जानकारी दिनुभयो ।

मुलुकका मध्य तथा पूर्वी तराईका केही स्थानमा मनसुन थप सक्रिय भएकाले ती क्षेत्रका नदी आसपासका क्षेत्रमा विशेष सतर्कता अपनाउन जल तथा मौसम विभागले आग्रह गरेको छ ।

विभागले आज एक सूचनामार्फत पूर्वको कन्काई, कोशी, कमला र मध्य भू–भागको वाग्मती, पूर्वराप्ती लगायतका नदी जलाधारमा बहाव सतर्कता तह आसपास पुग्ने अनुमान गरिएकाले ती क्षेत्रमा विशेष सतर्कता अपनाउन आग्रह गरेको हो ।

तराईमा तटीय तथा डुबान भइरहने क्षेत्रमा शुक्रबार बिहानपछि बहावले खतराको तहसमेत पार गर्नसक्ने सम्भावना रहेको भन्दै विभागले विशेषगरी चुरेबाट प्रवाह हुने साना नदी, मेची, निन्दा, विरिङ, त्रियुगा, खाँडो, गागन, लाबकैया र आसपासका सबै ससाना खोलाका तटीय क्षेत्रमा पनि आजदेखि शुक्रबारसम्म उच्च जोखिममा रहेकाले सचेतता अपनाउन आग्रह गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web