साउन २६, २०७४ 2017-08-10 मा प्रकाशित Published at 2017-08-10
1139 views

टोकियो ।

नेपाली राष्ट्रिय फुटवल टोली एएफसी एसियन कप छनोट प्रतियोगिताको तयारीका लागि आज जापान उड्ने भएको छ ।

अखिल नेपाल फुटबल संघ एन्फाले बिहीबार बिदाई कार्यक्रम गरेपछि शुक्रबार नेपाली टोलि जापान उड्ने भएको हो ।

बिदाई कार्यक्रममा नेपालका लागि जापानी राजदूत मासासी ओगावा, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्ट, एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठलगायतले टोली सहभागी थिए । उहाँहरुले नेपाली टोलीको सफलताको शुभकामना सहित बिदाई गरेका थिए ।

नेपाली टोलीका जापानी प्रशिक्षक ग्योतोकु कोजी र नेपालका लागि जापानी राजदूतावासको पहलमा नेपाली टोली जापान आउन लागेको हो ।

चौबीस सदस्यीय नेपाली टोलीको कप्तानीको भूमिका अनिल गुरुङले गर्ने भएका छन् ।

टोलीले जापानमा पाँच मैत्रीपूर्ण खेल खेल्ने कार्यक्रम छ । यही साउन २९ देखि आगामी भदौ ३ गतेसम्म नेपालले उमेर समूह, विश्वविद्यालय तथा स्थानीय क्लबको टोलीसँग प्रतिस्पर्धा गर्ने एन्फाले जनाएको छ ।

एसियन कप छनोटअन्तर्गत नेपालले आफ्नो तेस्रो खेलमा ताजकिस्तानको सामना गर्दैछ । उक्त प्रतियोगिताको छनोट खेल आगामी भदौ २० गते नेपालमा नै हुनेछ ।

समूह ‘एफ’ मा रहेको नेपाल एक अंकसहित तेस्रो स्थानमा तथा अंकविहीन ताजकिस्तान अंक तालिकाको अन्तिम स्थानमा छन् ।

समूह चरणको पहिलो खेलमा नेपालले फिलिपिन्ससँग उसकै मैदानमा ४–१ को गोलअन्तरको हार व्यहोरेको थयो भने नेपालमा भएको खेलमा यमनसँग १–१ को गोलको बराबरीमा रोकिएको थियो ।

समूह एफमा रहेको फिलिपिन्स ६ अंकका साथ शीर्षस्थानमा तथा चार अंक जोडेको यमन दोस्रो स्थानमा छन् ।

नेपाले समुहको शिर्ष स्थानमा रहेर अघि बढ्नको लागि ताजकिस्तानलाई हराउनैपर्ने छ ।

डिआईजी सिलवालको मुद्दा सुनुवाई एकैचोटी भदौ १५ गतेलाई सारियो

काठमाडौं ।

प्रहरी महानिरीक्षक नियुक्तिमा वरियता मिच्दै पुष्पकमल दाहाल सरकारले गरेको निर्णय बिरुद्ध डिआईजी नवराज सिलवालले दायर गरेको रिटको सुनुवाई सर्वोच्च अदालतले फेरी सारेको छ ।

हेर्दा हेर्दैमा राख्दै सर्वोच्चले अर्को सुनुवाइ आगामी भदौ १५ गते सम्मका लागि सारेको हो । बिहीबारको पूर्ण इजलासमा सुनुवाई नसकिएपछि हेर्दाहेर्दैमा राखिएको सर्वोच्च प्रशासनले जानकारी दिएको छ ।

प्रधानन्यायाधीश गोपाल पराजुली तथा न्यायाधीश ओमप्रकाश मिश्र, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे, मीरा खड्का, प्रकाशमानसिंह राउत र पुरुषोत्तम भण्डारीको पूर्ण इजलासमा बिहीबार सुनुवाइ भएको छ ।

सरकारको पक्षबाट महान्यायाधिवक्ता रमणकुमार श्रेष्ठले र प्रहरी महानिरीक्षक प्रकाश अर्यालको तर्फबाट अधिवक्ता सतीशचन्द्र खरेल, आशिष अधिकारी र सुवास आचार्यले बहस गरेका थिए ।

त्यसअघि रिट निवेदक सिलवालका तर्फबाट वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, हरिहर दाहाल र बाबुराम कुँवर तथा अधिवक्ता टीकाराम भट्टराई, हरि फुयाँल र ओमप्रकाश अर्यालले बहस गरेका थिए ।

प्रहरी नायव महानिरीक्षक जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षकमा बढुवा गर्ने सरकारको निर्णयविरुद्ध सिलवालले गत चैत ३० गते रिट निवेदन दर्ता गराएका थिए । अदालतको उक्त निर्णय कार्यान्वयन नगर्न अदालतले अन्तरिम आदेश दिएको थियो । सो आदेशपछि सरकारले प्रहरी नायव महानिरीक्षक प्रकाश अर्याललाई प्रहरी महानिरीक्षक बनाउने निर्णय गरेको थियो ।

चार वर्षको कार्यसम्पादन एवम् मूल्यांकनका आधारमा प्रकाश अर्यालभन्दा नवराज सिलवाल अगाडी रहेको बताइन्छ ।