एनआरएनए जापानबाट आईसिसिमा पाँचैजना निर्विरोध

साउन २३, २०७४ 2017-08-07 मा प्रकाशित
Published at 2017-08-07

1112 views

टोकियो ।

आठौं कार्यकालको लागि आफ्नो नेतृत्व निर्वाचन मार्फत चयन गर्न लागेको गैर आवासिय नेपाली संघ जापान आईसिसि सदस्यमा पठाउने सबै सदस्य निर्विरोध चयन गर्न सफल भएको छ ।

एनआरएनए जापानले सदस्य संख्याका आधार पाएको ६ आईसिसि सदस्य मध्ये उम्मेद्धारी दिएका पाँचै जना निर्बिरोध हुन सफल भएका हुन् ।

एनआरएनए जापानको लागि भने वरिष्ठ उपाध्यक्ष र सह कोषाध्यक्षमा एकमात्र उम्मेद्धारी परेपछि निर्विरोध भएका छन् ।

को हुन् निर्विरोध पाँच आईसिसि सदस्यहरु ?

जापानमा व्यवसाय सहित पछिल्लो समय नेपालमा पुस्तकालय स्थापनामा सहयोग जुटाउँदै आइरहेका कपिलदेव थापा आईसिसि सदस्यमा चुनिएका एक उम्मेद्धार हुन् ।

अहिलेपनि आईसिसि सदस्यनै रहेका थापा पुन सो पदमा निर्विरोध भएका हुन् । थापा नेपाली काँग्रेस निकट व्यक्ति हुन् ।

आईसिसि सदस्यमे निर्विरोध भएका अर्का व्यक्ति हुन् दिनेश गुरुगं । राप्रपा निकट रहेका गुरुगं हाल एनआरएनको कुनैपदमा छैनन् ।

यद्यपी उनी तीन बर्षपहिले रोसन केसीको कार्यकालमा भने कोषाध्यक्ष रहेका व्यक्ति हुन् ।

अर्का हुन् केशर गिरि । हाल एनसिसिका सल्लाहकार रहेका गिरि जापानमा व्यवसाय गछन् । नेकपा एमाले निकट गिरि निर्विरोध चयन भएका आईसिसि सदस्य मध्ये एक हुन् ।

नेपाली काँग्रेस निकट रहेका अर्का व्यक्ति हुन् डिलाराम खरेल । हाल एनसिसिका सल्लाहकार रहेका खरेल आईसिसिमा चयन भएका पाँच मध्ये एक सदस्य हुन् ।

एनसिसिको उपाध्यक्ष रहिसकेका टंग गैरे आईसिसि सदस्यमा निर्विरोध एक सदस्य हुन् । माओवादी समर्थक गैरे एनआरएनमा आवद्ध रहँदै आएका छन् ।

एक सदस्य अझै अपुग

जापान नेतृत्वको लागि दुई पद बाहेक सबै पदमा निर्वाचन मार्फत टुंगो लगाउने कसरतमा अघि बढेको एनआरएनए जापानमा १० हजार बढी सदस्यहरु रहेका छन् ।

सदस्यता लिएका मध्ये दुई हजार विद्यार्थी रहेको आधारमा आईसिसिले जापानले आईसिसिमा ६ सदस्य पठाउन पाउने निर्णय गरेको छ ।

सोही अनुसार ६ जना आईसिसि सदस्य छान्नुपर्ने जापानले भने पाँचजनाको मात्र उम्मेद्धारी पायो ।

उम्मेद्धार दिएका पाँचैजना स्वतं आईसिसि सदस्यमा निर्विरोध चयन भएपछि एकजना अझै अपुग भएको छ ।

अपुग एक जना भने अब एनआरएनए जापानले निर्वाचन कमिटि तथा कार्यसमितिको निर्णय अनुसार ईच्छुक वा आफ्नो नेतृत्वमा रहेका कसैलाई पठाउन सक्ने ठानिएको छ ।

यसअघि बाबुराम भण्डारीले आइसिसि सदस्यमा उम्मेद्धारी दिने चर्चा चलेपनि उनी पारिवारिक कारण हाल नेपालमा रहेका कारण उनको उम्मेद्धारी नपर्दा हाल एकजना कम हुन पुगेको देखिएको छ ।

राजनीतिक दलबिच भागवण्डा जस्तै

आईसिसि सदस्यमा निर्विरोध भएका पाँचैजना यसअघि एनआरएनमा आवद्ध र हाल क्रियाशिल व्यक्तिहरु हुन् । त्यस बाहेक राजनीतिक दलहरुसँगसमेत निकट तथा क्रियाशिल रहेका सबै मुख्य चार दलका रहेका छन् ।

यद्यपी यो कुनै राजनीतिक भागवण्डा भन्दापनि संयोग मात्र पर्नगएको उम्मेद्धारीमा अझै एकजना अपुग भएबाट बुझिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Maintained by Yantrashala IT Pvt. LTD.