एनआरएनए जापान अध्यक्षमा टासी र अनुजको उम्मेद्धारी, आईसिसि सदस्यमा उम्मेद्धार नै पुगेन
साउन २२, २०७४ 2017-08-06 मा प्रकाशित Published at 2017-08-06
2413 views

गोकर्ण अधिकारी-टोकियो ।

गैर आवासिय नेपाली संघ जापानको अध्यक्ष पदमा दुई बर्षे नेतृत्व सम्हाल्न टासी वाङ्दी लामा र अनुज थापाले उम्मेद्धारी दर्ता गराएका छन् ।

बर्तमान कार्यसमितिमा टासी उपाध्यक्षका रुपमा रहेका छन् भने अनुज थापा महासचिव हुन् ।

लामा र थापासँगै यसअघि अन्य केही व्यक्तिले अध्यक्षमा उम्मेद्धारीको घोषणा सहित प्रतिवद्धता पत्र सार्वजनिक गरेपनि दुईदिन खुलाइएको उम्मेद्धारी दर्तामा उनिहरु सहभागी भएनन् ।

अध्यक्षका दावेदार मध्येका एक देविलाल भण्डारी वरिष्ठ उपाध्यक्षमा उम्मेद्धारी दर्ता गराउँदै सिट सुरक्षित गर्न लागे भने निमा लामाले उम्मेद्धारी नै दर्ता गराएनन् । उता टंग गैरे भने आईसिसि सदस्यमा उम्मेद्धारी दिंदै निर्विरोध बनेका छन् ।

अध्यक्षमा टासी लामाले पहिलो दिननै उम्मेद्धारी दर्ता गराएका थिए भने उनले महिना दिन अघिनै अध्यक्ष पदमा दोवेदारी प्रस्तुत गरिरहँदा उनका समर्थकहरुले सामाजिक सञ्जालमा प्रचार थालेका थिए ।

यस्तै अध्यक्षमै दावेदारी देखाएपनि खुल्ला रुपमा उम्मेद्धारीको प्रचार र मैदानमा नदेखिएपनि भित्रि तयारी गरिरहेका थापाले दोस्रो दिन आफ्नो उम्मेद्धारी दर्ता गराएका हुन् ।

हाल महासचिव पदमा रहेका थापा भने जापानमा नेपाल सरकारको तर्फवाट पर्यटन प्रतिनिधिको रुपमा समेत काम गर्छन् ।

अध्यक्षमा दोवेदारी गरेका लामाले चुनावी नाराको रुपमा परिवर्तन र समृद्धि युवा बाटनै सम्भव छ, बोल्ने लाई सुनौ काम गर्ने लाई चुनौं भन्दै आगामी दुई वर्षे कार्यकालको लागि आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।

थापाले भने सुस्त होइन बेगले, बलले होइन बिवेकले भन्ने नारा सहित अनुभव, पारदर्शिता, समर्पण र उत्तरदायित्वलाई अध्यक्ष दोवदारीको आधार बनाएका छन् ।

यस्तै दुई उपाध्यक्ष पदको लागि पाँच जनाको उम्मेद्धारी परेको छ । जसमा क्षत्र दाहाल, शिव प्रसाद पौडेल, जिवन न्यौपाने, सरोज कुमार खत्री र द्रोण सिलवाल रहेका छन् ।

यसै बर्षबाट छुट्याइएको एक मात्र महिला उपाध्यक्षमा समेत दुईजनाको भिडन्त हुने भएको छ । जसमा सबिता श्रेष्ठ र अनिता गुरुङले उम्मेद्धारी दिएका छन् ।

महासचिवमा भने वर्तमान सचिव बुद्धि घिमिरेले पहिलो नम्वरमा उम्मेद्धारी दर्ता गराएको पाइएको छ । उनलाई चुनौति दिंदै विरेश्वर रेग्मीले महासचिवमा उम्मेद्धारी दिएका छन् ।

त्यस्तै एकमात्र सचिव पदमा जनक विक्रम शाहि, वासुदेव लामिछाने र प्रकाश थापा तीन जनाको उम्मीदवारी परेको छ ।

कोषाध्यक्षमा भने तीन जनाको उम्मेद्धारी परेको छ । जसमा हाल सदस्य रहेका प्रलादसिंह महत, महेन्द्र कुमार अधिकारी र कालिका थापाले उम्मेद्धारी दिएका छन् ।

यसैबर्ष थपिएको सह कोषाध्यक्षमा भने राम थापा अनिलको एकमात्र उम्मेद्धारी परेपछि उनि निर्विरोध भएका छन् ।

सदस्यमा भने एक जना महिला सदस्यको कोटा सहितको ६ जना केन्द्रिय सदस्यको लागि १९ जनाले उम्मेद्धारी दिएका छन् । जसमा महिला सदस्यको लागि स्मृति आचार्य गिता, कमला गैरे र सृजना पाण्डे ज्ञवालीको उम्मेद्धारी परेको छ ।

केन्द्रिय सदस्यमा उम्मेद्धारी दिएकाहरुको विस्तृत विवरण सहितको समाचार सोमबार प्रकाशित गर्नेछौं ।

उम्मेद्धारी दिएका सबैले सोमबार र मंगलबार उम्मेद्धारी दाबी बिरोध तथा उम्मेद्धारी फिर्ता गर्न पाउनेछन् । यद्यपी उम्मेद्धारी फिर्ता भने १२ तारिखसम्ममा लिन पाइनेछ ।

आईसिसिमा उम्मेद्धारी दिएका सबै निर्विरोध, अझै एकजना पुगेन

यसैबिच एनआरएनए जापानको लागि वरिष्ठ उपाध्यक्ष र सह कोषाध्यक्ष सहित आईसिसि सदस्यमा उम्मेद्धारी दिएका सबै निर्विरोध निर्वाचीत भएका छन् ।

जसमा केशव गिरि हाल एनसिसिका सल्लाहकार, डिलाराम खरेल हाल एनसिसिका सल्लाहकार, कपिलदेव थापा हाल आइसिसिसि सदस्य पुन निर्विरोध भएका छन् ।

यसैगरि एनसिसिको उपाध्यक्ष रहेका टंग गैरे तथा दिनेश गुरुगं जो तीन बर्षपहिले रोसन केसीको कार्यकालमा कोषाध्यक्ष रहेका थिए उनि पनि आईसिसि सदस्यमा निर्विरोध भएका छन् ।

रोचक कुरा त के भने सदस्य संख्याका आधारमा ६ जना आईसिसी सदस्य पाएको जापानबाट पाँच जनाको मात्र उम्मेद्धारी पर्दा एकजना अपुग हुन पुगेको छ ।

आईसिसि सदस्यमा बाबुराम भण्डारीले उम्मेद्धारी दिने चर्चा चलेपनि उनी पारिवारिक काम विशेषले नेपालमा रहेका कारण उम्मेद्धारी दिन पाएनन् ।

श्रोतका अनुसार यसबारेमा निर्वाचन कमिटिले दिने सुझाव र निर्णयमा भरपर्नेछ ।