एनआरएनए जापानको निर्वाचनमा क-कसले गरे उम्मेद्धारी दर्ता (पूर्ण विवरण सहित)

साउन २१, २०७४ 2017-08-05 मा प्रकाशित
Published at 2017-08-05

1815 views

गोकर्ण अधिकारी-टोकियो ।

गैर आवासिय नेपाली संघ जापानको २०१७-०१९ को लागि उम्मेद्धारी दर्ताको पहिलो दिन सबै पदमा गरेर करिव २ दर्जन व्यक्तिले उम्मेद्धारी दर्ता गराएका छन् ।

टपनेपालन्युजडटकमलाई प्राप्त विवरण अनुसार अध्यक्षमा बाहिरि रुपमा चार जनाले उम्मेद्धारी दर्ता गराएपनि हालसम्म टासी वांदेल लामाले मात्र उम्मेद्धारी दर्ता गराएका छन् ।

यद्यपी सार्वजनिक रुपमा भने अनुज थापा, देबिलाल भण्डारी, निमा लामा र टंक गैरेले घोषणा गरेका छन् । पहिलो दिनको उम्मेद्धारी दर्तामा भने टासी वांदेल लामाको मात्र उम्मेद्धारी परेको श्रोतले जानकारी दिएको छ ।

श्रोतका अनुसार वरिष्ठ उपाध्यक्षमा हालसम्म कसैको उम्मेद्धारी परेको छैन । अध्यक्षमा उम्मेद्धारी दिएपनि देविलाल भण्डारी वरिष्ठ उपाध्यक्षमा आउने निश्चित छ । श्रोतले भन्यो कसैको उम्मेद्धारी परेन भने उहाँ वरिष्ठ उपाध्यक्षमा आउनुहुन्छ र यो पोष्ट उहाँकै लागि सुरक्षित पनि गरिएको छ ।

उम्मेद्धारी दर्ताको लागि अझै भोली एकदिन बाँकी रहेकाले घोषणा गरेका व्यक्तिहरुको उम्मेद्धारी आउने समय भने अझै बाँकी रहेको छ ।

यस्तै उपाध्यक्ष पदमा हालसम्म शिव पौडेल, जिवन न्यौपाने र सरोज कुमार खत्रीले उम्मेद्धारी दर्ता गराएका छन् ।

सामाजिक सञ्जाल मार्फत अन्य केही व्यक्तिले उपाध्यक्षमा उम्मेद्धारी दिने चर्चा गरेपनि दर्ता भने गरिसकेका छैनन् ।

यसैबिच एकमात्र पद रहेको महिला उपाध्यक्षमा सबैभन्दा पहिलो उम्मेद्धारी घोषणा गरेकी सविता श्रेष्ठले आफ्नो उम्मेद्धारी दर्ता गराएकी छिन् ।

महिला उपाध्यक्षमै उम्मेद्धारी दिने घोषणा सहित आफ्नो घोषणापत्र समेत सार्वजनिक गरेपनि पहिलो दिन अनिता गुरुगंले भने उम्मेद्धारी दर्ता गरेको पाइएको छैन ।

यता महासचिव पदमा सबैभन्दा पहिले उम्मेद्धारीको घोषणा गरेका जोन छन्त्याल उम्मेद्धारी घोषणा समयमा मौन देखिरहँदा पहिलो दिनमा उनले उम्मेद्धारी दर्ता गराएका छैनन् । यद्यपी उनले महासचिवमा उम्मेद्धारी दिन पाउने नपाउनेबारे विवादास्पद जानकारीहरु सार्वजनिक भइरहेका छन् ।

प्राप्त जानकारी अनुसार हालसम्म बुद्धिराज घिमिरेले मात्र महासचिव पदमा उम्मेद्धारी दर्ता गराएका छन् । हाल सचिवमा रहेका घिमिरेले सुरुवातीदेखीनै महासचिवको लागि दावेदारी र उम्मेद्धारी घोषणा गर्ने बताउँदै आएका थिए ।

यसैबिच सचिवको लागि भने जनक शाहीको मात्र उम्मेद्धारी दर्ता भएको पाइएको छ । बासु लामिछानेले सचिवमा उम्मेद्धारी दिने घोषणा सहित प्रतिवद्धतानै जनाएपनि पहिलो दिन उनको उम्मेद्धारी परेको छैन ।

एकमात्र कोषाध्यक्ष पदमा हालसम्ममा प्रल्हादसिंह महतले मात्र उम्मेद्धारी दर्ता गराएको बुझिएको छ । यद्यपी कोषाध्यक्षमा महतसँगै प्रेम कँडेल र कालीका थापाले दावेदारी देखाउँदै आएका छन् ।

दुई बर्षअघिको एनआरएन निर्वाचनमा कोषाध्यक्षमा पराजित कँडेलले यसपटक जितको दावेदारी प्रस्तुत गरेपनि पहिलो दिनमा उनको उम्मेद्धारी नपरेको बताइन्छ । यता महिला उपाध्यक्षमा दावेदारी देखाउँदै आएपनि अन्तिम समयमा कोषाध्यक्षमा उम्मेद्धारी घोषणा गरेकी कालीका थापाको पनि उम्मेद्धारी नपरिसकेको बुझिएको छ ।

यता सह कोषाध्यक्ष पदमा भने एकमात्र उम्मेद्धारी राम थापा अनिलको परेको छ । हाल केन्द्रिय सदस्य रहेका थापाको मात्र उम्मेद्धारी घोषणा र उम्मेद्धारी दर्ताले उनी निर्विरोध हुने सम्भावना बढेर गएको छ ।

यस्तै एकमात्र महिला सदस्य पदमा चार जनाको उम्मेद्धारी परेको छ । जसमा स्मृति आचार्य, कमला गैरे, सिर्जना ज्ञवाली पाण्डे रहेका छन् । श्रोतका अनुसार अस्मिता वाईवा सहित केहीले सार्वजनिक रुपमा उम्मेद्धारी दिने बताएपनि दर्ता भने गरिनसकेको बताइएको छ ।

यता सदस्यहरुमा भने सदस्यहरुमा करिव १५ जनाको उम्मेद्धारी अबेरसम्ममा प्राप्त भएको श्रोतले जानकारी दिएको छ । जसमा उत्तम श्रेष्ठ, राजु पनेरु, सुरेस रेग्मी, कुमार कार्की, बिक्रम खत्री, बालकृष्ण कँडेल हिमाल रहेका छन् ।

यसैगरि केन्द्रिय सदस्यमा आसिश रावल, मिलन कँडेल, राज सापकोटा, मनोज कटवाल, हस्त लामा, चेतराम गैरे, दयाराम खरेल, डिलाराम गैरेले पनि उम्मेद्धारी दिएका छन् ।

केन्द्रिय सदस्यमा उम्मेद्धारी घोषणा गरेपनि अबेरसम्ममा विस्णु कार्की, निकेश श्रेष्ठ, सोम लम्साल लगायतको उम्मेद्धारी प्राप्त नभइसकेको बुझिएको छ ।

श्रोतले दिएको जानकारी अनुसार केन्द्रिय सदस्यमा उम्मेद्धारी दिने बुझिएका राजकुमार अधिकारीले उम्मेद्धारी दिएका छैनन् । श्रोतका अनुसार नागोयामा रहँदै आएका अधिकारीलाई मनोनित सदस्यमा नियुक्त गरेर ल्याउने नागोया अधिवेशनको गोप्य सहमती अनुसार उनले उम्मेद्धारी नदिने भएका छन् ।

शनिवार र आइतबारका लागि उम्मेद्धारी दर्ताको मिति तोकेको एनआरएनए जापानले उम्मेद्धारी शुल्क सुरुमा चर्को तोकेपनि यसको संस्थाभित्रैका व्यक्ति र सार्वजनिक रुपमा चर्को आलोचना भएपछि २४ घण्टा नबित्दै शुल्क घटाएको थियो । शुल्क कम गरेपछि उम्मेद्धारी दिनेहरुको संख्या पनि बढ्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Maintained by Yantrashala IT Pvt. LTD.