टोकियो ।

कास्कि समाज जापानको अध्यक्षमा रुपमा क्रियाशिल शिवप्रसाद पौडेलले आसन्न एनआरएनए जापानको उपाध्यक्ष पदमा उम्मेद्धारी घोषणा गरेका छन् ।

नेपालीका लागि नेपालीद्धारा काम गर्नुपर्ने भन्दै पौडेलले सामुदायिक विकास, ईमान्दारिता र हकहितका लागि आफुले एनआरएनए जापानको उपाध्यक्षमा उम्मेद्धारी दिएको बताएका छन् ।

सन् २००५ मा अध्ययनको लागि जापान आएका पौडेलले नेपालमा भौतिक सास्त्रमा बिएस्सी सम्मको अध्ययन एवं अध्यापन समेत गरेका थिए । शिक्षित एवं वौद्धिक रुपमा समेत चिनिने पौडेलले जापानमा नै नेपालीको पहिलो स्वामित्वमा घरजग्गा कारोवार सम्वन्धित रियल स्टेट कंपनि फ़ुदोसान संचालन समेत गर्दै आएका छन् ।

आधा दर्जन संघसंस्थामा आवद्ध रहेपनि मुख्यत कास्कि समाज जापानमा हाल अध्यक्षमा रुपमा रहेका पौडेलले एनआरएनए जापानको कान्तो क्षेत्रको सल्लाहकारका रुपमा समेत काम गरिसकेका छन् ।

जापानमा भाषागत कठिनाई, कामको समस्या देखी विभिन्न दुखमा परेका नेपालीलाई सहयोग देखी सामाजिक काममा सहयोग र अग्रसर रहँदै आएका पौडेलले सबैलाई समेटेर अगाडि बढ्ने प्रयास गर्ने प्रतिवद्धता व्यक्त गर्दै एनआरएनए जापानको उपाध्यक्षमा बिजयी भएपछि भोलीका दिनमा अझै बढि समय देश र जापानवासी नेपालीको सेवामा लाग्ने प्रतिवद्धता सहित घोषणापत्र सार्वजनिक गरेका छन् ।

हार्दिक अपिल सम्पुर्ण जपानबासी दाजुभाई तथा दिदी बहिनीहरु तथा सम्पुर्ण सघ संस्थाका महानुभवहरु र संपुण नेपाली हरुमा नमस्कार।

नेपालीहरुको साझा संस्था गैरआवासीय नेपाली संघ ( एन आर एन जापानको अधिवेसन ) मा बिगत १२ बर्ष देखी जापानको विभिन्न समाजिक कार्यहरुमा सहयोग गर्दै मेरा जिवनको भोगाईहरु ,अनुभवहरु बटुल्दै आजका दिन सम्म आईपुग्दा। बिभीन्न संस्थाहरुमा बसेर काम गर्ने मौका दिनुहुने जापान बासी सबैसबै मा हार्दीक नमन गर्दछु ।

बितेको दशक मा मैले नेपाल र नेपाली को हितमा के कती काम गरे त्यो तपाई हरु ले नै मुल्याँन्कन गर्ने जिम्मा लगाऊदै यस पटक एनआरएन जापानको उपध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेको छु । बितेको एक दशकमा मैले नेपाल र नेपालीको हितमा के कती काम गरे त्यो तपाई हरु ले नै मुल्याँन्कन गर्ने जिम्मा लगाऊदै ।मैले यसो गरे र उसो गरे भनेर यहाँ लेख्नु भन्दा पनि यसको मुल्याङ्कन तपाई हरुले आउदो अधीबेसन बाट गर्नुहुनेछ भन्ने अपेक्षा गर्न चाहान्छु। मैले के गरे र भोली गर्न सक्छु सक्दीन त्यसको जवाफ तपाईहरु ले अवश्य पनि दिनुहुनेछ ।

७० हजार भन्दा बढी नेपाली रहेको यो जापान कती संभवानाहरुको देश हो ?कती पाईरहेका छौ कती गुमाईरहेका छौ ७० हजारको नेत्रित्व कस्तो हुनुपर्छ यो पनि तपाई कै हात मा छ। समाजसेवालाई निरन्तरता दिदै भोलीका दिनमा अझै बढि समय देश र जापानवासि नेपालीहरुमा दिने बिश्वास दिलाउदै तपाईहरुको विचमा यो दुई वर्ष गैरआवाशीय नेपाली संघ जापान को आगामी २०१७ -२०१९ को कार्यसमितिमा बसि सबैलाई समेटेर अगाडि बढ़ने कोशिश गर्ने छु ।शिव प्रसाद पौडेल केन्द्रीय उपध्यक्ष पदको उम्मेदवार गैरआवाशीय नेपाली सघ जापान

मेरो अनुभव र प्रतिबद्धता

१) सन् २००२मा B.scभौतिक सास्त्र सम्मको अध्यन पुरा गरि २००२ बाट करिब ३ बर्ष नेपालको पोखरा अध्यापन ।

२) सन् २००५ मा जापानमा प्रबेश गरि जापानिज भाषा र प्राबिधिक कलेज सकी जापानिज आइटी कंपनिमा म्यानेजर बनि काम गरेको अनुभब ।

३) २०१५ बाट जापानमा आइटी र जापानमानै नेपालीको पहिलो स्वामित्वमा रियल स्टेट कंपनि फ़ुदोसान संचालन गर्दै नेपालीहरुबिच सेवामुलक र प्राबाधिक युक्त सेवा दिदै आएको। यस बिचमा नेपालीहरुको घर घरमागई सेवा उपलब्ध गराउदै आएको। जापानिज भाषागत समस्यालाइ न्युनिकरण गर्दै नेपाली नेपाली बिचमा भाइ चाराको अभिबूद्दि गर्ने शोच बोक्दै नेपालीहरुलाई अति महत्वपूर्ण रुपमा घर तथा रुमको ब्यबस्था गर्दै आएको।

४) नेपालीहरुको बिचमा सहज , सजिलो ,नम्र स्वाभाब सबै संग मिल्न सक्ने ।

५) हरेक घर छॊड्नु परेकोले पारिबारीक बिछोडमा परेका नेपालीको समस्या र शुखि नेपाली हरुको भवना बुझि दु:ख सुखमा संगै रमाउने भाबना भएको

संस्थागत

१) नेपाल बाट अध्यापनमा लामो अनुभब र बिभिन्न सघ संस्थाहरुमा सक्रिय भुमिका खेलेको

२) जापानमा क्रियाशील डी.बी.य मा २ बर्ष महासचिबको भुमिका निभाएको ।

३) २०१४ बाट २०१६ सम्ममा कास्कि समाज जापानको महासचिब र २०१६ बाट अध्यक्षमा रही काम गर्दै आएको

४) २०१५ बाट २०१७ सम्म NRNAजापान कान्तोको सल्लाहाकार जनसेवा

१) कास्की पोखरा समाज अन्तर्गत मेरो सक्रियतामा कास्कीका २ बटा ग्रामिण स्कुलमा गरिब तथा दलित ५० /५० हजारको छात्रवित्रि स्थापना गरेको ।

२ कास्कीको सेतिनदिमा आएको बाढिमा परि मूत्यु एवं धाईतेहरुलाई सहयोग प्रदान ।

३) २०११ सालमा गएको जापानको महा भुकम्पमा आर्थिक सहयोग तथा फ़ुकुसिमा लगाएतका स्थानमा गै पिडित हरुमा मलम लगाउने काम

४) २०१५ सालमा कास्कीको लुम्ले स्थीत गएको बाढितथा पैरोमा परेको स्थानमा कास्की पोखरा समाज अन्त्रगत घटना स्थलमा संलग्न भै पानि ट्यान्की स्निर्माणको लागी र अन्य पिडित ब्यक्तिको लागी करिब ४ लाख बितणरण ।

५) मुख्य गरि कास्की जिल्ला सहित नेपालका अन्य सबै स्थानमा पनि विविध समस्या रहेकाहरुलाई सहयोग गरेको ।

६) जापान स्थित हरेक संघ सस्था हरुले गरेका हरेक कार्यक्रममा GLOBAL HOME NETWORK अन्तर्गत प्रत्यक्ष सहभागिता जनाई आर्थिक सहयोग गरेको ।

७) जापानमा २०११ साल देखिनै NRNA जापानले गरेका नेपाल फ़ेस्टीबल लगायत अन्य समाजिक उत्थानका क्रियाकलापमा प्रत्यक्षरुपमा सहभागिता रहेको ।

८) कंपनि अन्तर्गत ब्यावसायिक मात्र नभई जापानबासि नेपालीहरुको विभिन्न समस्याहरुलाई निःशुल्क रुपमा कागजपत्रहरु बनाउन सहयोग गरेको ।

धन्यबाद ।

15.65¡ÆC