झगडाले सोलार परियोजना तुहियो, विश्व बैंकले अब लगानी नगर्ने

साउन १९, २०७४ मा प्रकाशित | 790 views

<p>काठमाडौं, साउन १९ । नेपाल विद्युत्त प्राधिकरणले नुवाकोटमा निर्माण गर्न लागेको २५ मेगावाटको ग्रिड सोलार प्रोजेक्टमा विश्व बैंकले लगानी नगर्ने भएको छ । मंगलबार संसद्को सार्वजनिक लेखा समितिले चालू ठेक्का रद्द गरेर पुनः टेन्डर गर्न निर्देशन दिएपछि विश्व बैंकले परियोजनाबाट हात झिक्ने भएको हो ।<br></p><p>प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार, बैंकका प्रतिनिधिले बुधबार नै यस्तो जानकारी दिइसकेका छन् । परियोजनामा अत्यधिक राजनीतिक दबाब भएको तथा टेन्डर सम्पन्न भएर काम सुरु भइसकेपछि संसदीय समितिले निर्माण प्रक्रिया रोक्न निर्देशन दिएको भन्दै विश्व बैंकले लगानी नगर्ने जानकारी गराएको हो । यसअघि यो योजना रोक्न अदालतले पनि अन्तरिम आदेश दिइसकेको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।<br></p>

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web