हाउडेमायाले ल्याइन् पार्टी र डिस्कोमा नाच्नेका लागि फरक तीज गित लाउरेमाया (भिडियो/फोटो फिचर)

साउन १८, २०७४ मा प्रकाशित | 2930 views

काठमाडौं ।

नेपाली नारीहरुको महान चाड हरितालिका तिजको लागि लक्षित गरेर हाउडेमाया नामले चिनिएकी गायिका श्रृजना खत्रीले लाउरेमाया तीज गित ल्याएकी छिन् ।

स्टेज कार्यक्रम तथा बिदेशमा हुने कार्यक्रमहरुमा पछिल्लो समय व्यस्त रहँदै आएकी गायिका हाउडेमायाले तीज गितको रुपमा पप र्याप गित बजारमा ल्याएकी हुन् ।

गायीकाको परिचित रहेपनि स्टेज कार्यक्रमहरुमा डान्सर तथा मोडलको रुपमा प्रस्तुत हुने गरेकी श्रृजनाले तीजमा प्रयोग हुने गितलाई आधुनीक युवापुस्ताको भावनालाई समेटेर केही नयाँपन दिएको बताइन् ।

गितमा शब्द, लय र स्वर सीर्जना खत्रीको रहेको छ भने मिस्टर आरजे राजेन्द्र भट्टले ¥याप हानेका छन् ।

क्रान्ती केसीले निर्देशन गरेको गीतको भिडियो आकर्षक तथा पार्टीहरुमा नाच्न मिल्ने खालको छ । यद्यपी परम्परागत रुपमा गाउँदै आईएको लोक भाकामा रहेको तीज गितको भावलाई भने यसले बेवास्ता गरेको छ ।

अर्जुन तिवारीको छायांकन, क्रान्ती केसीकै सम्पादन रहेको भिडियो उत्कृष्ठ मान्न सकिन्छ । भिडियोमा विनु खड्का र दुर्गेस थापाले मोडलिङ गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web