टोकियो ।

गैर आवासीय नेपाली संघ जापानको निर्वाचन नजिकिंदै गर्दा नेतृत्वका आकांक्षिहरुले उम्मेद्धारी घोषणा गर्ने क्रम पनि बढेको छ ।

यस्तैमा एनआरएन जापानको सदस्यमा जापानमा व्यवसाय गर्दै आएका युवा विक्रम खत्रीले आफ्नो उम्मेद्धारी घोषणा गरेका छन् ।

समाज परिवर्तन कर्मठयुवाहरुबाट नै सम्भव रहेको भन्दै खत्रीले जापानमा रहेका नेपालीहरुको हितको लागि सक्दो काम गर्ने प्रण सहित आफुले उम्मेद्धारी घोषणा गरेको बताएका छन् ।

एनआरएन जापानको नजिकमा रहेर सामाजिक काम तथा जापानमा हुने हरेकजसो कार्यक्रममा सक्रिय सहभागीता जनाउँदै आइरहेका विक्रम खत्री विगत १ दशकदेखी जापानमा सपरिवार बस्दै आएका छन् ।

एनआरएन जापानको सदस्य पदमा आफ्नो उम्मेद्धारी घोषणापछि सबैको समर्थन र सहयोग पाउन थालेको भन्दै खत्रीले सन् २०१७-२०१९ को निर्वाचनबाट आफु बिजयी भएमा आफुले समय र त्यागले सबैको हितमा काम गर्न दत्तचित्त भएर लाग्ने प्रतिवद्धता जनाएका छन् ।

15.25¡ÆC