उत्तर कोरिया : लामो दुरीसम्म मार हान्न सक्ने अर्को क्षेप्यास्त्र परीक्षण

साउन १४, २०७४ मा प्रकाशित | 1118 views

काठमाडौं । उत्तर कोरियाले लामो दुरीसम्म मार हान्न सक्ने क्षमताको अर्को क्षेप्यास्त्र परीक्षण गरेको छ । जापान र दक्षिण कोरियाका अधिकारीहरुले उत्तर कोरियाले अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको दाबी गरेका हुन् ।

उत्तर कोरियाले गरेको क्षेप्यास्त्र परीक्षण करिब ३ हजार किलोमिटर टाढा जापानी समुद्रमा खसेको जापानी राष्ट्रिय प्रसारण संस्था एनएचकेले जनाएको छ ।

यही महिनाको शुरुमा पनि उत्तर कोरियाले एउटा अन्तरमहादेशीय ब्यालिस्टिक क्षेप्यास्त्रको सफल परीक्षण गरेको दाबी गरेको थियो ।

पछिल्लो पटक परीक्षण गरिएको क्षेप्यास्त्रले कति परसम्म मार हान्न सक्छ भन्ने प्रष्ट भइसकेको छैन ।

केही विज्ञले भने उक्त क्षेप्यास्त्रले अमेरिकाको अलास्कासम्म मार हान्न सक्ने बताएका छन् ।

पछिल्लो परीक्षण सन् २०१७ मा उत्तर कोरियाले गरेको १४ औं क्षेप्यास्त्र परीक्षण हो ।

उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षण गरेकोमा अमेरिका, दक्षिण कोरिया, जापानलगायतका मुलुकले आपत्ति जनाएको छ । (एजेन्सी)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web