काठमाडौं,जेठ १७ । किङ खान हक्की क्लब, दुबईले प्रथम किङ खान नेपाल इन्डोर हक्की प्रतियोगिताको उपाधि सोमबार जितेको छ । उपाधि विजेता किङ खान प्रतियोगिताको मुख्य प्रायोजक पनि हो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको फाइनलमा किङ खानले काठमाडौं हक्की क्लबलाई ९–० गोलले पराजित ग¥यो । विजेताका अली रजाले ह्याट्रिक गरे । त्यस्तै बट र अली खानले २–२ तथा अमिर र नदिमले १–१ गोल थपे ।

नेपाल हक्की संघ र काठमाडौं हक्की क्लबद्वारा संयुक्त आयोजित प्रतियोगितामा दुबईको एक र नेपालको ७ गरी ८ टिम सहभागी थिए । सहभागी टिमलाई दुई समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइएको थियो । दुवै समूहको विजेताले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए ।

समूह ‘ए’ को लिग खेलमा किङ खानले नेपाल आर्मी क्लबलाई ९–१, जनकपुर हक्की क्लबलाई ९–० तथा मानसरोबर युथ क्लब, हुम्लालाई ९–० गोलले हराउदै विजेताका रुपमा सोझै फाइनलमा स्थान बनाएको थियो ।

त्यस्तै समूह ‘बी’ को विजेता बन्ने क्रममा काठमाडौं हक्की क्लबले पोखरा हक्की क्लबलाई ६–२ र कन्चन समाज, महेन्द्रनगरलाई १–० गोलले हराएको थियो भने रोयल गोर्खा, महेन्द्रनगरसंग १–१ गोलको बराबरी खेलेको थियो ।

समूह ‘ए’ को उपविजेता आर्मी र समूह ‘बी’ को उपविजेता रोयलबीच तेश्रो स्थानका लागि भएको खेलमा रोयल पेनाल्टी सुटआउटमा ३–२ ले विजयी भयो । निर्धारित २० मिनेटको खेल २–२ को बराबरीमा सकिएपछि खेलको निर्णय सीधै टाइब्रेकरबाट गरिएको थियो । प्रतियोगितामा किङ खानका अली रजा उत्कृष्ट खेलाडी चुनिए भने रोयलका किशोरराज ओझा उत्कृष्ट गोलरक्षक घोषित भए ।

एकदिने प्रतियोगिताका विजेतालाई राखेपका सदस्य–सचिव केशवकुमार विष्ट, हक्की संघका अध्यक्ष उमेशलाल श्रेष्ठ, किङ खानका अध्यक्ष अली खान, राखेप कर्मचारी संघका अध्यक्ष रञ्जन थापालगायलते एक कार्यक्रमबीच पुरस्कृत गरे ।

26.12¡ÆC