काठमाडौं ।

सरकारले चिकित्सा शास्त्र अध्ययन संस्थानका प्राध्यापमक डाक्टर गोबिन्द केसीका मागहरु सम्बोधन गर्न शिक्षा सचिबको संयोजकत्वमा तीनसदस्यीय उच्चस्तरीय बार्ता टोली गठन गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबामा आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्रीको कार्यालका सचिब र स्वास्थ्य मन्त्रालयमा सचिब सदस्य रहने गरि तीन सदस्यीय बार्ता टोली गठन गरेको हो ।

बैठकले गरीब घरपरिवार पहिचान र परिचय पत्र व्यवस्थापन तथा बितरण निर्देशिका बमोजिम २५ जिल्लाका बिबरण संकलन भएका १२ लाख २४ हजार चारसय घरपरिवार मध्ये गरीब घरपरिवार पहिचान भएका ३ लाख ९१ हजार ८३१ गरीब घरपरिवारको सूचि नामाबली स्वीकृत गरि परिचयपत्र बितरण गर्ने निर्णय गरेको अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले बताउनु भयो ।

16.74¡ÆC