जापानका बाढी पीडितलाई नेपालीले गरे आर्थिक सहयोग

साउन १२, २०७४ मा प्रकाशित | 841 views

टोकियो ।

भिषण वर्षा पश्चात आएको बाढी, पहिरो तथा डुबानका कारण घरबार बिहिन भएका जापानको फुकुओका प्रान्तका जापानीहरुलाई नेपालीहरुले आर्थिक सहयोग गरेका छन् ।

फुकुओका नेपाल सोसाईटी तथा एनआरएनए क्युशु जापानले १ लाख २० हजार येन नगद राहत हस्तान्तरण गरेको जानकारी दिएको छ ।

बुधबार एनआरएनए क्युसु जापानका अध्यक्ष लक्ष्मण बाँनिया तथा फुकुओका नेपाल सोसाईटीका अध्यक्ष पुरुसोत्तम सिग्देलले आशाकुरा क्षेत्रका मेयर शुनसुके मोरीतासगं भेटगरेर सहयोग रकम हस्तान्तरण गरेका हुन् ।

मेयर मोरिताले सहयोग रकम बुझ्दै नेपालीहरुबाट पाएको सहयोग आफुहरुको उद्धार योजनामा थप हौसला मिलेको बताउँदै फुकुओकाबासी नेपालीमा धन्यवाद व्यक्त गरेका थिए ।

आफ्नो क्षेत्रका बासिन्दाको घाउ मेटाउन नेपाली समुदायले गरेको कामको प्रशंसा गर्दै उनले ठूलो हृदय भएका नेपालीहरु भन्दै प्रशंसा समेत गरेका थिए ।

एनआरएनए क्युसु अध्यक्ष लक्ष्मण बाँनिया तथा फुनेसो अध्यक्ष पुरुसोत्तम सिग्देलले फुकुओका क्षेत्रमा भएको मानविय तथा भौतिक क्षतिमा दुख व्यक्त गर्दै  दुई बर्षअघि नेपालमा गएको बिनासकारी भूकम्पका बेलामा जापानवासी नेपालीहरुले गरेको सहयोगको स्मरण गर्दै जापान र नेपालबिचको सम्वन्ध र जनस्तरको सहकार्य सँधै सुमधुर रहने बताए ।

गत जुलाई पहिलो हप्ता आएको लगातारको भारी बर्षापछिको बाढी, पहिरो तथा डुबानमा परि कम्तिमा १७ जनाको निधन भएको थियो भने ६० हजार नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको थियो ।

तीन हप्तापछि सो क्षेत्रमा बर्षापछिको असर परेका स्थानहरुमा उद्दारको काम सकिएको र पुर्ननिर्माणको काम थालिएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web