दिपेन्द्र पौडेलको अध्यक्षतामा चितवन समाज कान्तो गठन

साउन ११, २०७४ मा प्रकाशित | 889 views

टोकियो ।

जापानमा रहेका चितवन जिल्ला घर भएका नेपालीहरुको समाज चितवन समाज जापानले क्षेत्रियस्तरमा समाजको विस्तार गर्दै कान्तो क्षेत्रको प्रथम अधिबेसन गरेका छन् ।

समाजले प्रथम अधिवेशनबाट दिपेन्द्र पौडेलको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति गठन गरेको छ ।

उपाध्यक्षद्वय शम्भु लामिछाने र इश्वरी कंडेल चयन भएका छन् ।

राजधानी टोकियामा भएको भेलाले सचिवमा कृष्णवहादुर थापा, सह(सचिवमा महेन्द्र कंडेल, कोषाध्यक्षमा सुन्दर गिरीलाई चयन गरेको छ । सदस्यहरूमा किरण कंडेल, दुर्गा गौतम, लिला शर्मा, प्रविन भट्टराई र विक्रम खत्री रहेका छन् ।

अधिवेशनमा चिवन समाज जापानका सल्लाहकारहरू, विभिन्न राजनैतिक दलका प्रतिनिधी, संस्थाका प्रतिनिधीहरू, नेपाल पत्रकार माहासंघ जापानका अध्यक्ष लगायत जापानबासी चितवनेहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

समाजले जापानमा रहेका चितवन घर भएका सहित अन्य नेपालीलाई सहयोग तथा मनोरञ्जनात्मक कार्यक्रम आयोजना सहित चितवन जिल्लामा सामाजिक काममा सहयोग गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web