‘दशौं नेपाल फेस्टिवल’ उत्सव हैन महोत्सव बनाऔं ! (समाचार टिप्पणी)

साउन १०, २०७४ मा प्रकाशित | 1646 views

गोकर्ण अधिकारी-टोकियो ।

जापानमा नेपाली नागरिकको संख्याको तुलनामा भारतीयहरु ज्यादै न्यून छन् । तर गत बर्षको नेपाल फेस्टिवल र इण्डियन कल्चरल फेस्टीवल तुलना गर्दा नेपाली फेस्टिवल ज्यादै फितलो भएको स्वयं नेपालबुझेका जापानीहरुले अभिव्यक्त गरे ।

अर्थात् हामी प्रचार, आयोजना, व्यवस्थापन, नेपाली चिनारी चिनाउने मामलामा केही चुक्यौं । दाबीमा हेर्दा करिव ३ लाखले अवलोकन गरेको बताइएपनि स्वयं मूल आयोजक गैर आवासिय नेपाली संघ जापान आवद्ध व्यक्तिहरु अनौपचारिक संवादमा त्यो संख्या आधा भएको बताउँछन् ।

तर ठिक विपरित नेपाली भन्दा करिव आधा कम संख्यामा रहेका भारतीयहरुले आयोजना गरेको फेस्टिवल भने वास्तवमै भव्य र सफल देखियो भारतीय चिनारी प्रचार तथा उपस्थितिको संख्यालाई हेर्दा ।

नियमीत जस्तै बर्षेनी गर्दै आएको फेस्टिवल यसपटक पनि गैर आवासिय नेपाली संघ जापानको मुख्य आयोजनामा यहि अगष्ट २६ र २७ तारिखमा राजधानी टोकियोको उएनो पार्कमा हुँदैछ ।

स्टेज निर्माणमा प्रयोग सामग्री देखिको विवाद र जापानी सञ्चार माध्यममा प्रचारको कमी तथा जापानीहरु किन कम आए नेपाल फेस्टिवलमा भन्ने सत्य यथार्थतालाई केलाउँदै आयोजकले योजना बनाएमा भने यसपटक बास्तवमै नेपालीहरुको लागि उत्सव बन्दै आएको फेस्टिवल महोत्सवमा फेरिने आशा गर्न सकिन्छ ।

नेपाली नेपाली बिचमा मात्र सिमित जस्तै बनेको सामाजिक सञ्जाल फेसबुकमा तस्विर तथा जानकारी राखेरनै प्रचार भएको प्रचारबाजी भन्दापनि जापानी सञ्चार माध्यममा फेस्टिवलका समाचार, जानकारी र तस्विर एवं नेपालबारेको दृश्य सामग्री प्रचार जापानीमाझ जानकारी गराउने पहिलो माध्यम हो । भलै यसमा सिमित व्यक्तिहरुमात्र खटिएपनि गत बर्ष यसले राम्रै स्थान पायो तर त्यो अपेक्षाकृत भने हुनसकेन ।

फेस्टिवल आयोजना स्थलमा नेपालबारे जानकारी गराउने आकर्षक तथा बास्तवमै नेपाली कला, संस्कृती, मौलिकता र उत्पादन भन्दा व्यापारिक स्टल हाबी हुनु फेस्टिवल फितलो बन्नुका कारण बने ।

व्यापारिक कम्पनीका स्टल जहाँबाट नेपाली लक्षित सेवा मात्र दिइन्छ, खानाका स्टल जहाँ नेपाली स्वादका मौलिक परिकार भन्दा नाफा कमाउने खाना मात्र राखिन्छ अनि केही संस्कृती र भेषभुषालाई मात्र समेटेर मौलिकता भन्दा मनोरञ्जनलाई मात्र प्रधानता दिंदा फेस्टिवल स्थल पुगेका केही जापानी नागरिकले समेत अरुलाई भ्रमणको सकारात्मक सन्देश प्रवाह गर्न सकेनन् ।

भलै कार्यक्रम नेपालीहरुकै बाक्लो उपस्थितिका कारण जमघट भने बाक्लो बन्न पुग्यो ।

एनआरएन जापानको आयोजनामा हुन लागेको १० औं नेपाल फेस्टिवल सफल बनाउन नेपाली राजदूतावासले विशेष सहयोग गरेको छ । यद्यपी यसमा सहयोग र खास साझेदार गर्नुपर्ने नेपाल पर्यटन बोर्ड तथा पर्यटन मन्त्रालय सहभागी भइसकेको देखिन्न ।

नेपालमा जाने जापानी पर्यटकको संख्या बर्षेनी करिव २० हजारको हाराहारीमा रहेको पर्यटन बोर्डको तत्यांकले देखाउँछ । जुन संख्या बढ्दो छ र नेपाल र नेपाली मन पराउने जापानीहरुमाझ नेपालको प्रचार गर्न सके अर्बौं रुपैयाँ पर्यटन प्रवद्र्धनमा विदेशी मिडियालाई दिने पर्यटन बोर्डले त्यो भन्दा न्यून खर्चमा जापानी पर्यटकलाई आकर्षित गर्ने प्रवल सम्भावना छ ।

जापानमै आयोजना भएको नेपाल फेस्टिवललाई सफल बनाएर पर्यटन प्रवद्र्धनमा उपयोग गर्नुको साटो गत बर्ष समेत आयोजकलाई 'पैसावालहरुको संस्था'को पगरी भिराएर बोर्डले खासै सहयोग गरेको थिएन ।

त्यसैले बोर्डको बाटो कुर्नुभन्दा यसपटक पर्यटन मन्त्रालयसँग समन्वय र सहयोगको लागि पत्राचार गरिएको उपाध्यक्ष टासी लामा बताउँछन् ।

अध्यक्ष सुदन थापासँग फेसबुक तथा टेलिफोनमा सम्पर्क हुन नसकेपछि उपाध्यक्ष लामाले दिएको जानकारी अनुसार करिव १४ सय मान अर्थात् १ करोड ४० लाख येन खर्चको अनुमान गरिएको बृहत फेस्टिवल आयोजकले मुनाफा भन्दापनि घाटा नहुनेगरि स्टलको दर निर्धारण र प्रायोजक रकम तोकेको लामा बताउँछन् ।

आयोजक एनआरएन जापानले जारी गरेको सूचना अनुसार जापानमा बसोवास गर्दै आएका करिव ७५ हजार नेपालीहरुको आफ्नो मौलिक भाषा, कला, संस्कृति, मौलिक पहिचान सहित ब्यावसायीक पहिचानको सम्भाब्यता लाई प्रवधन गर्न यसपटकको फेस्टिवल आयोजना गरिएको हो ।

नेपालमा पर्यटन प्रवद्र्धन तथा नेपाल जापान सम्वन्धलाई अझै मैत्री बनाउदै नेपाल फेस्टिवल भव्य रुपमा आयोजना गर्ने तयारीमा जुटेको आयोजकले यही महिनाको २४ तारिख सोमबार फेस्टिवल बारेमा छलफल समेत आयोजना गरेको छ ।

गत बर्ष नेपाल जापान कुटनीतिक सम्वन्धको ६० औं बर्ष गाँठको विशेष अवसर थियो । ६० औं बर्षगाँठ पार गरेको यो अवसरमा हुन लागेको फेस्टिवलमा नेपाल तथा जापानी सरकारी निकायमा शिर्ष व्यक्तिको सहभागीता गराउन सकिए यसले समेत फेस्टिवल प्रचार र महत्वमा ईट्टा थप्ने आशा गरिन्छ ।

त्यसबाहेक जापानी सेलीब्रेटी, नेपालबारे जानकार जापानी व्यक्ति, कलाकार, नेपालसँग सम्वन्धित व्यवसाय, पर्यटन तथा सेवामा संलग्न जापानी संघसंस्था समेतलाई सहभागी गराउन सके नेपालीमाझ उत्सव बन्दै आएको फेस्टिवललाई जापानीमाझ महोत्सवका रुपमा रुपान्तरित गर्न सफल हुनेछौं ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web