हृदयघातका कारण अकस्मात निधन भएका खरेलको अन्त्येस्टी, गुल्मेली समाजद्धारा दुख व्यक्त
साउन ७, २०७४ 2017-07-22 मा प्रकाशित Published at 2017-07-22
1632 views

टोकियो ।

गत शनिवार अकस्मात निधन भएका नेपाली व्यवसायी भीमलाल खरेलको आज दाहसंस्कार गरिएको छ ।

खोला किनारमा मृत भेटिएका खरेलको हृदयघातका कारण निधन भएको प्रहरी रिपोर्टपछि उनको शंकास्पद मृत्युको आशंका हटेपछि दाहसंस्कार गरिएको हो ।

राजधानी टोकियोको माचिया साइज्यो आरागावा कुमा भएको दाहसंस्कारमा खरेलका आफन्तजन तथा जापानमा रहेका करिव ५ सय जना नेपालीहरुकोको सहभागीता रहेको थियो ।

खरेलको निधनमा गुल्मेली समाजद्धारा दुख व्यक्त

आफ्ना संरक्षक तथा वरिष्ठ सल्लाहकार रहेका भीमलाल खरेलको असामयिक निधनमा गुल्मेली समाज जापाले गहिरो दुख व्यक्त गरेको छ ।

खरेलको असामयिक निधनप्रति दुख ब्यक्त गर्दै समाजले दिवंगत आत्माको चिरशान्तिको कामनासहित हार्दिक श्रद्धाञ्जली ब्यक्त गरेको छ ।

गुल्मेली समाज जापानको तर्फबाट कार्यबाहक अध्यक्ष ध्रुब बस्नेत र सचिव सुमन अर्यालद्वारा एक शोक बक्तब्य जारी गरी स्वर्गिय खरेलप्रति श्रद्धाञ्जली ब्यक्त गरिएको हो ।

शोक वक्तब्यमार्फत समाजका संरक्षक तथा सक्रिय ब्यक्तित्वको असामयिक निधनमा शोक प्रस्ताव पारित गर्नुका साथै शोकाकुल परिवारजन, बन्धुबान्धव र सबै इस्टमीत्रहरुमा धैर्यधारण गर्न सक्ने शक्ति मिलोस भन्ने कामना समेत गरेको छ ।

एक कुशल अभिभावकको अप्रत्याशित अवसानबाट समाजलाई अपुरणीय क्षती परेको भन्दै समाजले एक आस्थाको धरोहर गुमाएको जनाएको छ ।

गुल्मेली समाजको बिहीबार आकस्मिक बैठक बसी शोक प्रस्ताव पारित गर्नुका साथै हरेक वर्ष गर्दै आएको तीज कार्यक्रम यस वर्ष नगर्ने निर्णय गरिएको पनि वक्तब्यमा जनाईएको छ ।