चलचित्र ‘म यस्तो गीत गाउँछु’ जापानका मुख्य शहरमा प्रदर्शन हुने

साउन ६, २०७४ मा प्रकाशित | 997 views

टोकियो ।

प्रेम कथामा आधारित नेपाली चलचित्र “म यस्तो गीत गाउँछु” जापानका प्रमुख शहरहरुमा प्रदर्शन हुने भएको छ ।

जापानको प्रमुख शहरहरुमा प्रदर्शनमा आउने “म यस्तो गीत गाउँछु” लाई मन पराउने र नेपाली चलचित्र प्रेमीहरुले भरपुर मनोरञ्जन लिन सक्ने र सामाजिक अभियानमा समेत हातेमालो गर्न सकिने भएकोले हेरिदिन जापानवासी नेपालीलाई इजिलिंकका प्रमुख डिपी अर्यालले अनुरोध गरेका छन् ।

स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठ जन्मनु भएको सिन्धुपाल्चोकस्थित माझी गाँउमा रहेको ५६ घर स्वेता श्री फाउन्डेसनले ‘एकीकृत माझी टोल विकास परियोजना’ सुरु गरेकोले सो अभियानमा सहयोगका लागि चलचित्र हेरिदिन स्वेता खड्काले समेत अनुरोध गरेकी छिन् ।

जापानको विभिन्न शहरमा प्रदर्शन गरि उठेको सम्पूर्ण मुनाफा रकम फाउन्डेसनलाई हस्तान्तरण गर्ने गरि फाउन्डेसनको तर्फवाट अध्यक्ष स्वेता खड्का र इजिलिंक रेमिट्यान्सको तर्फबाट व्यवस्थापक दिपेन्द्र खनालले संयुक्त रुपमा सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

त्यस्तै गरि इजिलिंक रेमिट्यान्सले दैनिक नेपाल पैसा पठाउने मध्ये लक्की ड्र बाट ५ जनालाई फ्री टिकट वितरण गर्ने भएको छ । सो टिकट आफूलाई पायक पर्ने स्थानमा गई चलचित्र हेर्न सकिने इजिलिंकले जनाएको छ ।

हालसम्म उचुनोमियामा जुलाई २२, टोकियोमा जुलाई ३०, नागोयामा अगष्ट ८, फुकुशिमामा अगष्ट १३ मा प्रदर्शन हुने पक्का भएको छ भने अन्य शहरमा प्रदर्शनको मिति तय हुन बाकी रहेको सनराईज प्रोडक्सनले जनाएको छ । जापानको राजधानी टोकियोस्थित मेगुरो कुमिन सेन्टरमा जुलाई ३० तारिख आईतवार ५:३० बजे प्रदर्शन हुने छ ।

ईजिलिंक रेमिट्यान्सको प्रस्तुति र सनराईज प्रोडक्सनको व्यवस्थापनमा चलचित्र जापानको विभिन्न शहरहरुमा प्रदर्शन हुन लागेको हो ।

सुदर्शन थापानिर्देशित चलचित्रमा पल शाह, पूजा शर्मा, सरोज खनाल, रुपा राणा लगायतको अभिनय रहेको छ । असार ३० गतेबाट नेपालभर प्रदर्शनमा आएको चलचित्र “म यस्तो गीत गाउँछु” ले सुखद व्यापार गरिराखेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web