छिट्टै आउँछु भनेर फोन राखेका खरेल जापानमा मृत फेला, हत्याको आशंकामा अनुसन्धान
साउन ३, २०७४ 2017-07-18 मा प्रकाशित Published at 2017-07-18
23490 views

ज्याक खड्का-टोकियो ।

जापानको राजधानी टोकियोमा एक नेपाली व्यवसायी खोलामा मृत भेटिएका छन् ।

गुल्मी जिल्ला घरभएका भीमलाल खरेल मृत भेटिएको र उनको मृत्यु शंकास्पद रहेको परिवारका सदस्यहरुले बताएका छन् ।

खवर अनुसार शनिबार राती टोकियो मिनामी सेन्जु नजिकै रहेको आफ्नो एक रेष्टुरेन्टबाट अर्को रेष्टुरेण्ट तर्फ हिंडेका ५५ वर्षिय खरेल केही घण्टासम्म परिवारको सम्पर्कमा नआएपछि प्रहरीलाई खवर गरिएको थियो ।

'अर्को रेष्टुरेण्टमा जाँदैछु, छिट्टै आउँछु' भनेर फोन राखेका श्रीमानसंग त्यसपछि फोन सम्पर्क हुन नसकेको मृतक खरेलकी श्रीमति हरिकलाले बताउनुभएको छ ।

रातीनै प्रहरीले उनको खोजि थालेपनि शव स्थानिय आराकावा कु खोलामा विहान मृत अवस्थामा खरेल भेटिएका थिए ।

गुल्मी रुपाकोट हाल चन्द्रकोट गाउपालिका स्थायि घरभई विगत २४ देखी घरेल सपरिवार जापानमा बस्दै आएका थिए ।

मृतक खरेल छोरा अर्जुन र पत्नी हरिकलाको साथमा । (तस्विर :मृतक खरेलका छोराको फेसबुकबाट लिइएको हो ।)

टोकियोमा फुलबारी रेष्टुरेन्ट नामको चारवटा रेष्टुरेन्ट संचालन गर्दै आएका खरेल राती ९ बजेबाट सम्पर्कविहिन भएको परिवारजनले बताएका छन् ।

प्रहरीले खरेलको मृत शरिरबाट एक थान मोवाईल मात्र फेला पारेको बताइएको छ । खरेलले मोबाइलको कभरमा राखेको एक जापानी नागरिकको भिजिटिङ कार्डको सहायताले प्रहरीले परिवार पत्ता लगाएर बिहान खवर गरेको पाइएको छ ।

परिवारजनले खरेलको साथमा नगद तथा पर्स एवं आफ्नो परिचयपत्रहरु रहेको भन्दै सबै नभेटिएपछि मृत्यु शंकास्पद रहेको भन्दै प्रहरीलाई घटनाको अनुसन्धानको लागि आग्रह गरेका छन् । प्रहरीले भने सो क्षेत्रका सिसिटीभी क्यामराको भिडियो मद्दतले अनुसन्धान थालेको भन्दै थप जानकारी नदिएको मृतकका छोरा अर्जुन खरेलले बताएका छन् ।

मृतक खरेलकी श्रीमति हरिकला, २१ वर्षिय छोरा अर्जुन र ३ छोरीहरु जापानमै रहेका छन् ।