डाक्टरहरुले बाँकेका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द गराए

साउन ३, २०७४ मा प्रकाशित | 1188 views

नेपालगञ्ज ।

चिकित्सकमाथि हातपातको प्रयास र अस्पतालमा तोडफोड भएको भन्दै चिकित्सकहरुले आजदेखि बाँकेमा अस्पतालका आकस्मिक बाहेक सम्पूर्ण सेवा बन्द गरेको घोषणा गरेका छन् ।

नेपाल चिकित्सक संघ भेरीले चिकित्सकलाई हातपात तथा दुव्र्यवहार र अस्पतालमा तोडफोड गर्नेबिरुद्द जिल्ला प्रशासनमा लिखित उजुरी दिए पनि कारवाही नभएपछि बाध्य भएर आन्दोलनमा उत्रनुपरेको जनाएको छ ।

संघले सरकारी अस्पताल, मेडिकल कलेज, निजी अस्पताल, नर्सिङ होम र निजी क्लिनिक बन्द गर्ने निर्णय गरेको हो ।

घटनामा संलग्न भनिएका सन्दिप सिंह, महेश खतिवडा, यादव बस्याल, कमल शाही लगायतलाई कारवाही गर्न संघले माग गरेको छ ।

गएको असार २८ गते माँ जानकी अस्पतालमा डा. श्यामसुन्दर यादवमाथि हातपातको प्रयास तथा दुव्र्यवहार भएको र अस्पतालमा तोडफोड भएको चिकित्सक संघले जनाएको छ ।

अन्य सेवा बन्द भए पनि आपत्कालीन सेवा भने संचालन हुने संघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web