महेश्वर रीसालको संयोजकत्वमा एनआरएनए जापान गुन्मा क्षेत्रीय समिती गठन

साउन २, २०७४ 2017-07-17 मा प्रकाशित
Published at 2017-07-17

864 views

गुन्मा, जापान ।

गैर आवासिय नेपाली संघ जापानको गुन्मा क्षेत्रीय समितीको संयोजकमा महेश्वर रीसाल चयन हुनुभएको छ ।

आइतबार भएको अधिवेशनले १ जना सदस्य पछी मनोनीत गर्नेगरी रीसालको संयोजकत्वमा क्षेत्रीय समिति गठन  गरेको हो ।

निर्वाचन समितीका संयोजक तारा गौडेलले १ जना सदस्य पछी मनोनीत गर्ने गरी निरवर्तमान समितीको सिफारीशमा १३ सदस्यीय समिती  सर्वसहमतीमा घोषणा गरिएको जानकारी दिए ।

जस अन्र्तगत रीसाल संयोजक तोकीएको कार्यसमितिमा ज्ञानेन्द्र बहादुर गौडेल र गुन्जा बहादुर केशी उपसंयोजक चयन भएका छन् ।

सचिवमा रामकृष्ण भण्डारी, सहसचिवमा मिन बहादुर लामिछाने चयन भएका छन् भने किरण भण्डारी कोषाध्यक्ष चयन भएका छन् ।

सदस्यहरूमा क्रमश शुक्र राज बिष्ट, कुमारी मिरा थापा, सुनिता गुरूङ्ग, पिताम्बर भट्टराई, निश्चल मिश्र, महेन्द्र थापा रहेका छन् ।

नव निर्वाचित समितीको बसेको बैठकले सदस्यमा मगेन्द्र बस्नेत लाई मनोनीत गरेको छ भने आवश्यकता अनुसार पछी थप गर्ने गरी तिन सदस्यीय सल्लाहकार समिती समेत गठन गरेको छ ।

सल्लाहकार समितीमा तारा गौडेल, राम बहादुर खड्का र राजेश खनाल रहेका छन् । अधिवेशन ओईजुमीमाची कोउमीनकान मिनामी बेक्कानमा भएको थियो ।

गुन्मा क्षेत्रीय समितीको दोस्रो अधिवेशन एनआरएनए जापानका अध्यक्ष सुदन थापा, उपाध्यक्ष टाशी वान्दि लामा, महासचिव अनुज थापा, सचिव बुद्धी राज घिमिरे, कोषाध्यक्ष दीपक थापा, केन्द्रीय सदस्य राम थापा लगायतको उपस्थिति रहेको थियो ।

नेपाली साझा समाज जापान बरीष्ठ उपाध्यक्ष तारा गौडेल, स्याङजा समाज जापान बरीष्ठ उपाध्यक्ष सुरेश रेग्मी, एनआरएनए जापान खान्तो क्षेत्रीय समिती सल्लाहकार विरोध चालीसे, जनप्रगतीशील मञ्च जापान उपाध्यक्ष राम बहादुर खड्काको उपस्थिति रहेको कार्यक्रम संचालन समितीका सदस्य ज्ञानेन्द्र बहादुर पौडेलले गरेका थिए भने स्वागत मन्तब्य सचिब गुन्जा बहादुर केशीले व्यक्त गरेका थिए ।

समितीका कोषाध्यक्ष कृष्ण बहादुर पाण्डेले २०१५(२०१७ समितीको आर्थीक विबरण पेश गरेका थिए भने संयोजक रीसालले प्रगती विवरण पेश गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Maintained by Yantrashala IT Pvt. LTD.