कतारबाट युवा संयोजकको लागि लामाको उम्मेद्धारी

साउन १, २०७४ मा प्रकाशित | 2207 views

दोहा ।

एनआरएन एनसीसी कतारको ०१७/०१९ कार्यकालको लागी युवा संयोजकको लागि सुशील लामाले आफ्नो उम्मेद्धारी घोषणा गरेका छन् ।

संकटका बीच कतारमा रहेका ४ लाख नेपाली युवाहरुको नेतृत्वको लागि आफुले उम्मेद्धारी घोषणा गरेको लामाले बताएका छन् ।

विगत १० बर्षदेखी कतारको दोहामा रहँदै आएका लामा आधा दर्जन सामाजिक संघसंस्थाहरुमा आवद्ध छन् ।

कतारमा एक दशकदेखी आफुले भोगेको नेपाली युवाहरुको समस्या र संघर्षबारे जानकार रहेको भन्दै लामाले आफु एनआरएन नेतृत्वमा आएमा त्यसलाई समाधान गर्न प्रयास गर्ने बताए ।

राजनीतिक दल वा गुटगत आधारमा भन्दा पनी सामुहिक नेतृत्व र नेपालीका समस्या समाधान गर्न देशको लागि केही गर्ने अठोट सहित उम्मेद्धारी घोषणा गरेको बताउँदै एनआरएन युवा संयोजकमा उम्मेद्धारी घोषणा गरेको बताएका सुशील लामाले यसमा कतारमा रहेका सबै संघसंस्था तथा नेपालीहरुबाट सहयोग पाउने विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web