कश्मीरमा जस्तो नसोच्न भन्दै सिमाबाट सेना फिर्ता गर्न भारतलाई चीनको चेतावनी

साउन १, २०७४ मा प्रकाशित | 1854 views

एजेन्सी ।

सबै छिमेकी देशहरुसँग सिमा अतिक्रमण र विवादमा रहँदै आएको भारतलाई चीनले विवादीत सिमा क्षेत्रमा रहेका भारतीय फौज तत्काल नहटाए लाजमर्दो अवस्था ल्याइदिने चेतावनी दिएको छ ।

चीनको सरकारी समाचार संस्थाले आफ्नो भूभागमा गैरकानूनी रुपमा भारतीय सेना बसिरहेको भन्दै उनीहरुलाई त्यहाँबाट नहटाइए भारतले लाजमर्दो अवस्थाको सामना गर्नुपर्ने चेतावनी दिएको हो ।

सिन्ह्वा समाचार सस्थालाई उदृत गर्दै विविसीले उल्लेख गरे अनुसार चीन, भारत र भुटानको सीमा क्षेत्र नजिकै पर्ने दोक्लमबाट भारतीय फौज अवैध रुपमा राखिएको र फिर्ता नहुनजेलसम्म भारतसँग कुनै किसिमको वार्ता हुननसक्ने चीनले स्पष्ट पारेको छ ।

भुटानले उक्त भुभाग दाबी गरिरहेको भन्दै भारतले सेना राखेको तर्क गर्दै आएको छ । भारतले चिनियाँ पक्षलाई त्यस क्षेत्रमा नयाँ सडक निर्माण गर्न नदिन आफूले अघिल्लो महिना सैनिकहरु पठाएको जिकिर गरिरहेको छ ।

स्मरणीय छ नेपालसँगको दर्जनौं सिमा क्षेत्रमा भने भारतले अन्र्तराष्टिय कानुन मिच्दै नेपाली भूमि डुबानमा पारे अवैध रुपमा सडक निर्माण गरिरहेको छ ।

चीनले दोक्लम क्षेत्रबाट आफ्ना फौज फिर्ता लान पटक पटक गरेको आग्रह भारतले अस्वीकार गरिरहेको भन्दै विवाद समाधान गर्न भारतले वेवास्ता गरिरहे उसले थप लाजमर्दो अवस्थाको सामाना गर्नुपर्ने चेतावनी चीनले दिएको छ ।

चीनको यो चेतावनीपछि भारतले दोक्लम विवादबारे त्यहाँका विपक्षी दलहरुसँग छलफल गरेको र आफ्ना फौज फिर्ता गर्ने बारेमा सोचिरहेको बताइएको छ ।

भारतीय नेताहरुले चीनसँगको विवादले भारतले घाटा पर्ने भन्दै तत्काल कूटनीतिक तहबाट तत्काल समस्या समाधान गर्न सुझाव दिएको छ ।

भारत र चीनबीच ४ हजार किलोमिटर बढी जमिन जोडिएको सिमा छ । भारतले सिमामा गरेको यस्तै विवादका कारण सन् १९६२ मा दुई देशबिच युद्ध समेत भएको थियो ।

यसपटक चीनले पहिलो पटक सिक्किमसँग सीमा जोडिएको आफ्नो भूमीमा भारतीय फौज प्रवेश गरेको भन्दै अहिलेको अवस्थालाई पाकिस्तान, भारत र चीन तीनै देशको दाबी रहेको दक्षिणपूर्वी कश्मिरमा सन् २०१३ र सन् २०१४ मा भएका भिडन्त जसरी साधारण रुपमा नलिन भन्दै चीनले भारतलाई गम्भिर चेतावनी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web