नेपाल र अष्ट्रेलियाबीच परामर्श संयन्त्र स्थापना सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

असार ३०, २०७४ मा प्रकाशित | 1175 views

काठमाडौं ।

नेपाल र अष्ट्रेलियाबीच आपसी सहयोग, व्यापार, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय विषयमा सहकार्य गर्न संस्थागत संरचना स्थापना भएको छ ।

परामर्श संयन्त्र स्थापनासम्बन्धी समझदारीपत्रमा अष्ट्रेलियाको राजधानी क्यानबेरामा शुक्रबार आयोजित एक कार्यक्रममा परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागी र त्यहाँका कायम मुकायम परराष्ट्र सचिव ग्यारी क्विनलानले हस्ताक्षर गर्नुभयो ।

त्यस अवसरमा सचिव बैरागीले नेपालको वर्तमान आर्थिक र राजनीतिक,  स्थितिबारे जानकारी गराउँदै राजनीतिक स्थायित्वसँगै नेपालमा विकास तथा लगानीका नयाँ अवसर सिर्जना भएकाले अवसरको सदुपयोग गर्न अष्ट्रेलियाली लगानीकर्ता र व्यापारिक समुदायलाई आग्रह गर्नुभयो ।

अष्ट्रेलियाको परराष्ट्र मन्त्रालयका कामु सचिव क्विनलानले भूकम्पपछिको पुनःनिर्माणबारे जिज्ञासा राख्दै नेपालसँग व्यापार तथा लगानी अभिवृद्धि गर्न अष्ट्रेलिया सधैँ सकारात्मक रहेको बताउनु भएको क्यानबेरास्थित नेपाली दुतावासले जनाएको छ  ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web