ट्राफिकको प्रोत्साहन भत्ता कटौती, बढ्यो सडकमा जाम

असार ३०, २०७४ मा प्रकाशित | 1220 views

ट्राफिकको प्रोत्साहन भत्ता कटौती, बढ्यो सडकमा जाम

<p>काठमाडौं । गल्ती गर्नेलाई ठाउँको ठाउँ चिट काटेर रसिद थमाउने ट्राफिक प्रहरीमा अचेल खासै जाँगर देखिँदैन। सवारीसाधन व्यवस्थापनमा खटिएका उनीहरु चालकका सानातिना गल्तीलाई बेवास्ता गर्न थालेका छन्। गल्ती गर्नेलाई चिट काटिहाले पनि तिनको अनुहार पहिलेजस्तो हँसिलो हुँदैन।<br></p><p>केही साताअघिसम्म लेन मिच्नेलाई तत्कालै रोकेर जिरवानाको चिट काट्ने ट्राफिकलाई अचेल लेन मिच्नु गल्ती लाग्न छोडेको छ। यसको कारण हो उनीहरुले पाउँदै आएको प्रोत्साहन भत्ता कटौती। व्यवस्थापिका संसद व्यवस्थापन समितिको निर्देशनपछि ट्राफिक प्रहरीले पाउँदै आएको १५ प्रतिशत प्रोत्साहन भत्ता कटौती भएको शिवहरि घिमिरेले नागरिक दैनिकमा रिपोर्ट छापेका छन्।&nbsp;<br></p>

प्रतिक्रिया

सम्बन्धित खवर

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web