काठमाडौं ।

सरकारले सचिव राजेन्द्रकिशोर क्षेत्रीलाई मुख्य सचिवमा नियुक्त गरेको छ ।

आज बसेको मन्त्रीपरिषद बैठकले वरिष्ठताका आधारमा सचिव क्षेत्रीलाई प्रशासनिक क्षेत्रको सर्वोच्च पदमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्की जानकारी दिए ।

सचिव क्षेत्री यसअघि उर्जा मन्त्रालयको सचिव थिए ।

सहकारी तथा गरिबी निवारणमा कार्यरत क्षेत्री वरिष्ठ सचिव हुन् । उनी कानुन समूहबाट निजामति सेवामा एमाले नेतृत्वको आडमा लोकसेवाको बिरोधका बिच ल्याइएका व्यक्ति हुन् ।

मुख्य सचिव सोमलाल सुवेदीले राजीनामा दिएको भए वरिष्ठका आधारमा धनबहादुर तामाङ मुख्य सचिव हुनेमा सुवेदीले राजिनामा नदिइ बिदेशी संस्था एडिबिमा जाजिर खान गएपछि तामाङले अवकास पाउँदा क्षेत्रीले मौका पाएका हुन् ।

५८ वर्ष उमेर हदका कारण कात्तिक ८ गते अनिर्वाय अवकास पाउने भएका क्षेत्रीले केवल ४ महिना नेपाल सरकारको कर्मचारीतन्त्र सम्हाल्नेछन् ।

नेपालको प्रतिष्ठा दाउमा राखेर एडीबीको जागिर खान गए मुख्य सचिव सोमलाल सुवेदी

17.75¡ÆC