दोलखामा बस दुर्घटना, ३५ जना घाईते, केहिको अवस्था गम्भिर

जेष्ठ १६, २०७३ मा प्रकाशित | 1142 views

१६ जेठ, चरिकोट ।
दोलखा भीमेश्वर नगरपालीका वडा नम्बर ११ उखुबारीबाट सदरमुकाम चरिकोट आउदै गरेको ना ५ ख १५५३ नम्बरको रोलवालिङ यातायातको बस आईतवार भीनपा १० रामकोटमा दुर्घटना हुदा ३५ जना घाईते भएका छन् ।

घाईते मध्य भीमेश्वर नगरपालीका वडा नम्बर ११ को ६३ बर्षिय मैया खड्का, ११ बर्षिय राजेन्द्र खड्का र ४२ बर्षिय रमेश भुजेलको अवस्था गम्भीर भएकोले उपचारको लागि काठमाडौँ लगिएको र सामान्य घाईते ३२ जनाको स्थानिय अस्पतालहरुमा उपचार गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायव उपरीक्षक बेलबहादुर पाण्डेले बताउनु भयो ।

बस कच्ची सडकमा दाहिने तिर पल्टीएको र चालक फरार रहेकोले खोजि भै रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web