कोरिया आएका दुई महिनामै नेपाली युवाको निधन

असार २८, २०७४ मा प्रकाशित | 1117 views

सोल ।

दक्षिण कोरिया रोजगार अनुमति प्रणाली इपिएस मार्फत आएका एक नेपाली युवाको आएको दुई महिनामै निधन भएको छ ।

कोरियाको जेजुस्थित तबेलामा कार्यरत स्याङ्जा वालिङका रामचन्द्र पंगेनीको बुधवार निधन भएको हो ।

अन्दाजी २६ बर्षीय पंगेनीको निधनको जानकारी दूतावासले नेपालमा रहेका उहाँका परिवारलाई गराएको बताएको छ ।

कृषि क्षेत्र अन्तर्गतको घोडा हेर्ने तबेलामा अन्य एक नेपाली पनि कार्यरत रहेको बुझिएको छ ।

कोरियामा पछिल्लो समय डिप्रेसनमा परेर आत्महत्या, कार्यस्थल दुर्घटना, सडक दुर्घटना, सुतेको अवस्थामा ज्यान गुमाउने नेपालीको संख्या अत्यधिक बढिरहेको छ ।

सन २००८ यता विभिन्न घटनामा परी एक सय २० भन्दा बढी नेपालीले ज्यान गुमाइसकेको बताइन्छ ।

कोरिया आएका नेपाली युवाहरुले आफ्नो योग्यता अनुसार र रुची भन्दा बाहिरको काममा खटिनुपर्दा निरास हुने क्रम बढेको युवाहरु बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web