प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको लागि साउन १ देखि १५ गतेसम्म मतदाता नामावली संकलन

असार २६, २०७४ मा प्रकाशित | 1195 views

प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको लागि साउन १ देखि १५ गतेसम्म मतदाता नामावली संकलन

काठमाडौं ।

निर्वाचन आयोगले आगामी प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि आगामी साउन १ गतेदेखि १५ गतेसम्म सबै जिल्लास्थित निर्वाचन कार्यालयहरूमा मतदाता नामावली संकलन कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।

प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको अध्यक्षतामा आज बसेको बैठकले मतदाता नामावलीमा नाम समावेश गर्न नाम दर्ता कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो ।

आयोगबाट गत वैशाख ३ गते प्रकाशित मतदाता नामावलीमा आफ्नो नाम समावेश नभएका व्यक्तिले आफ्नो जिल्लाको निर्वाचन कार्यालयमा आफू स्वयम् उपस्थित भई मतदाता नामावलीमा नाम दर्ता गराउन सकिने व्यवस्था मिलाइएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो ।

मतदाता नामावलीमा नाम दर्ताका लागि आफ्नो नागरिकताको प्रमाणपत्रका साथ नाम दर्ता गर्न चाहने व्यक्ति आफै उपस्थित हुनुपर्ने छ ।

आयोगबाट यस अघि प्रकाशित नामावलीमा आफ्नो नाम तथा ठेगानामा कुनै त्रुटी भएको भए त्रुटी सच्याउन, दोहोरो नाम हटाउन वा स्थान परिवर्तन गर्न आगामी साउन १ गतेदेखि १५ गतेसम्ममा सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिन सकिने व्यवस्था गरिएको समेत प्रवक्ता शर्माले बताउनुभयो ।

यस अघि नाम दर्ता गराई मतदाता नामावलीमा नाम समावेश भएका व्यक्तिले पुनः नाम दर्ता गराउनु नपर्ने आयोगले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web