गुन्माकेन, जापान ।

नेपाली साझा समाज जापानको अध्यक्षमा बुद्धी शेरचन पुन चयन भएका छन् ।

यहि जुलाई ९ तारिखमा गुन्मा केन ओइजुमि माची कोमिनकानमा भएको अधिवेशनले शेरचनलाई सर्वसम्मत अध्यक्ष चयन गर्दै १५ सदस्यीय कार्यसमिति गठन गरेको छ ।

रक्तदान सहित सामाजिक काममा योगदान पुर्याए बापत विभिन्न व्यक्तिलाई सम्मान गरिएको अधिवेशनका क्रममा निर्वाचन कमिटि गठन गरिएपनि पुन सर्व सम्मत रुपमा शेरचन अध्यक्षमा चयन भएका हुन् ।

शेरचनको नेतृत्वमा गठन भएको नयाँ कार्य समितिमा उपाध्यक्ष तीन जना रहेका छन् । जसमा मन्जु क्षेत्रि, सुजन श्रेष्ठ र तारा गौडेल रहेका छन् ।

महासचिवमा गोपाल पोखरेल, सचिवमा निरज गुरुङ र सह सचिबमा हिरालाल रसाइली एवं कोषाध्यक्ष आलोक श्रेष्ठ र सह कोषाध्यक्ष रमेश अधिकारी चयन भएका छन् ।

सदस्यहरुमा सुरेश गौचन, दिवाकर शाक्य, श्रीधर घिमिरे, गोपाल गौतम, कृष्ण नगरकोटी र लक्ष्मी महर्जन चयन भएक छन् । सो अवसरमा ६ सदस्यीय सल्लाहकार समिति समेत गठन गरिएको छ ।

कार्यक्रम सह(सचिब गोपाल पोख्रेल ले संचालन गरेका थिए भने लोक दोहोरी गायक रामकृष्ण बम मल्ल, तोचिगी नेपाली समाज जापानका पदाधिकारी सहित समाजमा आवद्ध व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

15.75¡ÆC