सुनसरी ।

सुनसरीको सीमापर्ती हरिनगरा गाउँपालिकाको बसन्तपुरमा सनिबार पशु स्वास्थ्य शिविर तथा बाझोपन निवारण शिविर सम्पन्न भएको छ ।

जिल्ला पशु सेवा कार्यालय सुनसरीको आयोजनामा पशु स्वास्थ्य तथा बाँझोपन निवारण शिविर सम्पन्न भएको स्थानीय सरोज मण्डलले जानकारी दिनुभयो ।

शिविरमा हरिनगरा, बसन्तपुर र घुस्कि सहितका ३ हजार पशु तथा चौपाया र पंक्षिहरुलाई सेवा दिएको आयोजक जिल्ला पशु सेवा कार्यालय सुनसरीले जनाएको छ ।

शिविरमा गाई, भैसि, खसिबोका, सुगुर, हाँस, कुखुरा लगायतका पशु, चौपाया र पंक्षिहरुलाई सेवा दिएको पशु सेवा कार्यालयका पशु प्राविधिक रामप्रसाद मेहताले जानकारी दिनुभयो ।

वार्षिक कार्यक्रम अन्तरगत पशु स्वास्थ्य शिविर सम्पन्न गरेको पशु सेवा कार्यालयका प्रमुख शिवनाथ महतोले बताउनुभयो ।

महतोले ग्रामिण क्षेत्रका पशुमा रहेको बाझोपन हटाउन र बन्धाकरण गर्न दुवै काममा किसान पछि परेकाले त्यसलाई मध्यनजर गरी पशु स्वास्थ्य शिविर सम्पन्न गरेको बताउनुभयो ।

17.43¡ÆC