विवादास्पद संविधान संशोधन पारित गराउन प्रधानमन्त्री छलफलमा, पारित हुन नदिने एमाले अडान

असार २४, २०७४ मा प्रकाशित | 1107 views

काठमाडौं ।

विवादास्पद संविधान संशोधन जसरीपनि पास गराउनुपर्ने भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाले संसद् सचिवालयमा दर्ता भएको प्रस्तावमा छलफल सुरु गरेका छन् ।

यस क्रममा प्रधानमन्त्री देउवा र  नेकपा (माओवादी केन्द्र) का अध्यक्ष  पुष्पकमल दाहाल प्रचण्डले आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा र नेता पशुपति शम्शेर जबरासँग छलफल गरेका थिए ।

प्रधानमन्त्री देउवाले भेटमा व्यवस्थापिका–संसद्मा दर्ता भएको संविधान संशोधन प्रस्तावमा सहयोग गर्न आफ्नो पार्टीलाई आग्रह गरेको राप्रपाका अध्यक्ष कमल थापाले भेटपछि सञ्चारकर्मीलाई जानकारी दिए ।

अध्यक्ष थापाले पार्टीको आन्तरिक बैठकमा छलफल गरी संविधान संशोधन प्रस्तावका बारेमा निर्णय लिइने जानकारी प्रधानमन्त्रीलाई आफूले गराएको बताए ।

सत्ता साझेदार प्रमुख दुई दल नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र तथा राष्ट्रिय जनता पार्टीबीच संसदमा दर्ता भएको संविधान संशोधन प्रक्रिया अघि बढाउन हिजो अन्य दलसँग छलफल सुरु गर्ने सहमति भएको थियो ।

शीर्ष नेताका बीच आउँदो असोज २ गने हुने तेश्रो चरणको स्थानीय तह निर्वाचनका विषयमा पनि आज कुराकानी भएको थियो ।

संविधान संशोधन अमान्यः केपी ओली

विराटनगर

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको  हितविपरीत ल्याएको संविधान संशोधनको प्रस्ताव कुनै पनि हालतमा एमालेलाई मान्य नहुने बताए ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले प्रतिपक्षसँग कुनै सल्लाह समेत नगरी ल्याउन लागिएको संविधान संसोधनको प्रस्ताव स्वीकार्य नहुने बताए ।

आजै झापाको दमकमा आयोजित विजय उत्सव कार्यक्रममा पूर्व प्रधानमन्त्री ओलीले निर्वाचनमा जित्ने र हार्ने सबैलाई साथ लिएर मुलुकको विकासमा लाग्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web