टोकियो ।

शंकर मगर नेपाल विद्यार्थी समाज जापान 'नेसाज' ले आयोजना गरेको जापानिज भाषा बक्तित्वकला प्रतियोगीता २०१७ को बिजेता बनेका छन् ।

५ जना प्रतियोगीले सहभागिता जनाएको प्रतियोगितमा शंकर मगरले उपाधि सहित १ बर्षको लागि मासिक १० हजार येन ईचिगो छात्रवृत्ति र प्रमाणपत्र प्राप्त गरेका छन् ।

प्रतियोगिताका अन्य सहभागीहरुले जनही १ हजार येन प्रोत्साहन स्वरुप नगद तथा प्रमाणपत्र प्राप्त गरे ।

कार्यक्रमको प्रमुख अतिथिको रुपमा नेपाल राजदूतवास ओसाका कन्सुलर कुनिओ इमानिसी उपस्थित थिए ।

जापानिज भाषा बक्तित्वकला प्रतियोगितामा समाजसेवी तथा पूर्व नेसाजका अध्यक्ष जिज्ञान कुमार थापा पूर्व एनआरएनए जापानका अध्यक्ष पारश मणि पोखरेल, एनआरएनए कान्साईका पूर्व संयोजक नरेन्द्र बस्नेत 'दिनेश', डा. प्रितम गुरुङ, डा। सुमन श्रेष्ठले बिधार्थीहरुलाई मनोबल बढाउने खालका प्रेरक मन्तव्य राख्नुभएको थियो ।

प्रतियोगिताको निर्णायक मण्डलमा ओसाका साङ्ग्यो विश्वविद्यालयका प्राध्यापक हामाजाकी, डा मनोहर लाल श्रेष्ठ र नाकाहिरा सेन्सेई रहेका थिए ।

15.75¡ÆC