टोकियो ।

भीषण बर्षापछि दक्षिणी जापानको क्युशु क्षेत्रमा लाखौं नागरिक बासस्थानबाट बिस्थापित भएका छन् ।

लगातारको भीषण वर्षापछि आएको बाढी तथा पहिरोमा परि कम्तिमा ११ जनाको मृत्यु भएको जापानी सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।

हालसम्ममा करिव ४ लाख नागरिक विस्थापित भएको र उनिहरुलाई सुरक्षित स्थानमा जान आदेश दिइसकिएको छ ।

ओइता प्रशासनले दिएको जानकारी अनुसार बाढीबाट बढी प्रभावित फुकुओका रहेको छ ।

बुधबार रातीबाट आएको लगातारको बर्षापछि बाढीबाट आसाकुरा क्षेत्रका पुरै बस्ती विस्थापित हुन पुगेको छ । करिव ५४ हजार नागरिक आश्रय स्थल तथा विभिन्न सुरक्षित स्थानमा स्थानान्तरण भएको बताइएको छ ।

अझैपनि बर्षा नरोकिएको र केही दिन अझै पानी पर्नसक्ने अनुमानका कारण थप विपद निम्तन सक्ने भन्दै प्रशासनले प्रभावितहरुलाई सुरक्षित स्थानमा जान आदेश दिएको छ ।

प्रधानमन्त्री शिन्जा आबेले बाढीबाट पुगेको क्षति र उद्धार तथा सहायताका लागि चाहिने आवश्यक सबै व्यवथा गर्न निर्देशन र्दिएका छन् ।

सुरक्षा कर्मी सहित उद्धार टोलीले सो क्षेत्रमा उद्धार तथा राहत वितरणमा काम गरिरहेको बताएको छ ।

17.59¡ÆC