मलेसियामा करिव २ सय नेपाली पक्राउ

असार २०, २०७४ मा प्रकाशित | 1535 views

क्वालालम्पुर ।

मलेसियामा करिव २ सय नेपाली पक्राउ परेका छन् । अवैधानिक आप्रवासी कामदारलाई वैधानिकता रुपमा बस्न दिएको अवसर सकिए लगत्तै मलेसियन सुरक्षाकर्मीहरुले पक्राउ गरेका हजार बढी बिदेशी मध्ये नेपालीहरु करिव २ सयको संख्यामा रहेको बताइएको छ ।

मलेसियन सरकारले कानुन अनुसार दर्ता भएर बस्न दिएको अवसर सदुपयोग नगर्ने अवैध कामदारमाथि शनिबारबाट धरपकड सुरु गरेको हो ।

मलेसियाले अवैधानिक बसोबास गरिरहेका आप्रवासी कामदारहरुका लागि पछिल्लोपटक गत फेब्रुअरी १५ देखि जुन महिनासम्म दिइएको उक्त अवसर उपयोग नगर्ने आप्रवासीप्रति थप कडाइ गर्दै उनीहरुको देशव्यापी खोजी थालेको हो ।

सो अवधिमा करिब १५ सय नेपालीहरु दर्ता भएको नेपाली दूतावासले जानकारी दिएको छ ।

मलेसियाले दर्ता भएका अवैधानिक आप्रवासी कामदारलाई ुइन्फोर्समेन्ट कार्डु निशुल्क वितरण गरी थप वैधानिकताको प्रक्रिया अपनाउन त्यस्तो कार्यक्रम ल्याएको थियो ।

उक्त कार्यक्रममा सहभागी नहुने अवैधानिक आप्रवासी कामदारहरुलाई खोजी गरी पक्राउ गर्न गत शनिबारदेखि शुरु गरिएको धरपकड अभियानमा हजारभन्दा बढी आप्रवासीहरु पक्राउ परिसकेको मलेसियन अधिकारीहले बताएका छन् ।

पक्राउ पर्नेमध्ये अधिकाशं बंगलादेशी रहेका छन् । गैरकानुनी अवस्थामा बसीरहेका नेपालीहरुलाई अविलम्व दूतावासको सम्पर्कमा आउन दूतावासले अनुरोध गरेको छ ।

हाल अवैध रुपमा मलेसियामा रहेका नेपालीहरुले स्वदेश फर्कन चाहेमा दूतावासबाट एकतर्फी यात्रा अनुमतिपत्र लिई पुत्राजयास्थित मलेसियाली अध्यागमन विभागमा तोकिएको जरिवाना तिरेर विशेष पास लिएर नेपाल फर्कन सक्नेछन् ।

नेपाली दूतावासका अनुसार मलेसियामा वैधानिक रुपमा करिब ५ लाख नेपालीहरु रहेका छन् भने दश हजार बढीको संख्यामा अवैधानिक रुपमा नेपालीहरु बस्दै आएको ठानिएको छ ।

मलेसियामा करिब २० लाख वैधानिक आप्रवासी कामदार रहेको बताइन्छ । रोचक कुरा के भने मलेसियन अधिकारीहरुनै बैधानिक रुपमा बसेको संख्या भन्दा बढी अबैधानिक रुपमा बस्दै आएको बताउने गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web