उत्तर कोरियाद्धारा विश्वको जुनसुकै ठाउँमा प्रहारगर्न सक्ने क्षेप्यास्त्रको सफल परिक्षण

असार २०, २०७४ मा प्रकाशित | 2844 views

टोकियो ।

छिमेकी देशहरु जापान र दक्षिण कोरियाका कुनैपनि स्थानमा प्रहार गर्नसक्ने क्षमताका क्षेप्यास्त्र परिक्षण गरिसकेको उत्तर कोरियाले अमेरिकासम्म प्रहार गर्नसक्ने क्षमताको क्षेप्यास्त्र परिक्षण गरेपछि विश्वभर तरंग फैलिएको छ ।

आज बिहान जापानी समुन्द्रमा ३७ मिनेट आकासमा उडेपछि खसेको इन्टरकन्टिनेन्टल ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण सफल भएको उद्घोस उत्तर कोरियाले गरेको छ ।

अमेरिकासम्म प्रहार गर्नसक्ने क्षेप्यास्त्र विकासमा जुटिरहेको उत्तर कोरियाले आज प्रहार गरेको मिसाइल अमेरिकाको अलास्कासम्म पुग्ने क्षमताको भएको अमेरिकी समाचारसंस्था एबिसिले उल्लेख गरेको छ ।

जापानी सञ्चार माध्यमहरुले उत्तर कोरियाले अमेरिकासम्म मारहान्न सक्ने क्षमताको मिसाइल भएको ठानिएको उल्लेख गरेपनि उत्तर कोरियाले भने विश्वको जहाँसुकै ठाउँमा आक्रमण गर्नसक्ने मिसाइलको सफल परिक्षण गरेको उल्लेख गरेको छ ।

उत्तरी प्योङगान प्रान्तबाट स्थानीय समय अनुसार बिहान ९ बजेर ४० मिनेटमा क्षेप्यास्त्र परीक्षण गरिएको दक्षिण कोरियाली सेनालाई उद्धृत गर्दै जापानी समाचारसंस्था जापान टाइम्सले उल्लेख गरेको छ ।

जापानी जलक्षेत्रमा खसेको क्षेप्यास्त्र शक्तिशालि भएको उल्लेख गर्दै जापानटाइम्सले मिसाइलले आकासमा ४० मिनेट यात्रा गरेको बताएको छ ।

जापानी अधिकारीहरुलाई उदृत गर्दै उसले जापानी व्यापारिक समुन्द्री क्षेत्रमा खसेको क्षेप्यास्त्रले हालसम्म कुनैपनी क्षति भने नपुर्याएको उल्लेख गरेको छ ।

यस्तै दक्षिण कोरियाका राष्टपति मून जेइनले उत्तर कोरियाले अटेर गरि फेरीपनि क्षेप्यास्त्र परिक्षण गरेपछि सुरक्षापरिषदको आकस्मिक बैठक डाकेको छ ।

अमेरिकी राष्टपति डोनाल्ड टम्पले भने उत्तर कोरियाले लामो दुरीको सफल व्यालेस्टिक क्षेप्यास्त्र परिक्षण गरेपछि त्यहाँका नेता किमजोगं उनलाई लक्षित गर्दै यो व्यक्तिले जिवनमा यो बाहेक अरु केही राम्रो काम गर्न जानेको छ ? भनि ट्विटरमा लेखेका छन् । यसअघि उनले छिमेकी चिनले उत्तर कोरियाको समस्या समाधान गर्न थप पहल र ठोस कदम नचाले अमेरिका आफैंले सहयोगी देशहरुसँग मिलेर समस्या समाधान गर्ने चेतावनी समेत दिएका थिए ।

यस्तै उत्तर कोरियाले क्षेप्यास्त्र परिक्षण गर्न अघि संयुक्त राष्टसंघका लागि चीनीयाँ प्रतिनिधिले संयमता नअपनाए भयावह स्थिति उत्पन्न हुनसक्ने भन्दै उत्तर कोरियालाई उक्साहटका काम नगर्न र संयमता अपनाउन र अन्य देशहरुले धैर्य गरेर अघि बढ्नुपर्ने बताएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web