जापानले विद्यार्थी र प्रशिक्षार्थी कामदारले शरणार्थी आवेदन दिए बन्दि गृहमा राख्ने

असार १६, २०७४ मा प्रकाशित | 14109 views

टोकियो ।

शरणार्थी आवेदन दिनेहरुको संख्या बढीरहँदा जापानले उनिहरुप्रतिको आफ्नो नीति थप कडा बनाउन थालेको छ ।

दुई साता अघि मात्र शरणार्थी आवेदन दिएका दुई नेपालीलाई नेपाल फर्कन निर्देशन दिएको जापानले अबदेखी विद्यार्थी र प्रशिक्षार्थी कामदारको रुपमा जापान आएकाले शरणार्थी आवेदन दिए बन्दी गृहमा राख्ने भएको छ ।

अर्को महिनाबाट लागु हुने बताइएको यो नियम अनुसार काम गर्न पाउने भएकै कारण शरणार्थी आवेदन दिनेहरुको संख्या बढेको पाइएपछि जापानले नयाँ नियम सार्वजनिक गरेको हो ।

जापानी सञ्चारमाध्यमहरुमा प्रकाशित समाचार अनुसार अब शरणार्थी आवेदन दिएकाले काम गर्ने अनुमति पाउनेछैनन् भने नक्कली शरणार्थी आवेदन दिनेहरुलाई जापान इमिग्रेसका १७ स्थानका बन्दी गृहमा राखिने भएको छ ।

यति मात्र नभई जापानले हाल शरणार्थीका रुपमा काम गर्ने अनुमति पाएकाहरुलाई समेत पुन अनुमति नदिने भएको छ ।

प्रशिक्षार्थी कामदारका रुपमा आउने र शरणार्थी बनेर बस्ने तथा अध्ययनको नाममा आएर पैसा कमाउनकै लागि नक्कली शरणार्थी बनेर बस्नेहरुको संख्या बढेपछि यसमा नियन्त्रण गर्न जापानले नियममा कडाइ गरेको हो ।

जापान सरकारले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार जापानमा सबैभन्दा बढी यसरी शरणार्थी आवेदन दिएर बस्नेमा इन्डोनेसियाका १८ सय २९ जना छन् । दोस्रो बढी संख्या भने नेपालीको रहेको छ । हाल १४ सय ५१ जना नेपाली शरणार्थी बनेर जापानमा बस्दै आएका छन् । तेस्रोमा भने फिलिपिनी १४१२ नागरिक शरणार्थी आवेदन दिएर बस्दै आएका छन् ।

यसरी शरणार्थी आवेदन दिएकामध्ये अधिकाशं विद्यार्थी रहेको बताइन्छ । जापान सरकारले अर्को महिनाबाट यो नियम लागु गर्ने भएपछि शरणार्थी आवेदन दिएर काम गरेर बस्दै आएका नेपालीहरुलाई भिषा परिवर्तन वा नेपाल फर्कने दुई विकल्प हुने भएको छ ।

जापान इमिग्रेसनको बन्दी गृहमा लगेमा उनिहरुलाई काम गर्न नदिने तर जापान सरकारले केही समय राखेर सम्वन्धित देश फर्काउने ठानिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web