टोकियो ।

दुई करोड बढी रुपैयाँ विभिन्न व्यक्तिबाट ठगि गरेर जापानमा लुक्दै आएका भनिएका गोविन्द तिवारीलाई पक्राउ गरेर नेपाल फिर्ता पठाउन नेपाल प्रहरीले जापान प्रहरीमा पत्राचार गरेको छ ।

इन्टरपोल मार्फत पक्राउ पुर्जी जारि गरिसकेको बताएपनि नेपाल प्रहरी इन्टरपोल शाखाले त्रिपाठीलाई पक्राउ गर्न विश्वव्यापि पक्राउ पुर्जी भने जारी नगरेको समेत खुलाशा भएको छ ।

नेपालमा उजुरी र गुनासा गर्न जानेहरुलाई त्रिपाठी बिरुद्ध इन्टरपोलमा पक्राउ सूचना जारि गरिसकेको बताउँदै नेपाल प्रहरीले फर्काउने गरेको पाइयो नेपाली राजदूतावासमा डा. क्रिस त्रिपाठीको नाममा ठगि गरेर जापानमा लुक्दै आएका तीवारीलाई पक्राउ गरि नेपाल फर्काउन पहल र दबाव दिन नेपाली राजदूतावासमा भएको छलफलमा सहभागी एनआरएन जापानका उपाध्यक्ष टासी लामाले भन्नुभयो-'तर जापान प्रहरीमा कुनै पत्र समेत पठाएको र नेपाली राजदूतावास सहित अनलाईनमा समेत सूचना जारी नगरेको पाइयो ।'

छलफलका क्रममा नेपाली राजदूतावासले नेपाल प्रहरीमा खवर गरेपछि तत्काल प्रहरी प्रधान कार्यालय र इन्टरपोल शाखाबाट गरेर दुई पत्र आएको र नेपाली राजदूतावासले जापान प्रहरी तथा सम्वन्धित निकायमा पत्र फ्याक्स मार्फत पठाएको र आवश्यक अनुरोध गर्ने बताएको टासी लामाले जानकारी दिनुभयो ।

अब के हुन्छ ?

पक्राउ परेका व्यक्तिमाथिको प्रमाण ८ घण्टा भित्र जुटाउन नसकेपछि बिहिबार मध्यरात पक्राउ परेका तीवारीलाई जापान प्रहरीले बिहिबार बिहानै छाडिदिएको थियो ।

अब नेपाली राजदूतावासबाट पत्र प्राप्त भएमा र आवश्यक प्रक्रिया र सहयोग जुटेमा भने जापान प्रहरीले त्रिपाठीलाई पक्राउ गरि नेपाल फर्काउन तत्काल प्रक्रिया थाल्नेछ । जसको लागि सामान्यत एक महिना अझै लाग्ने देखिन्छ ।

नेपालीलाई जापानबाट नेपालकै आपराधिक घटनामा संलग्न भएकै कारण फर्काइएको यसअघि कुनै घटना स्मरण नरहेको कारण यस घटनासँग सन्वन्धित तथा नजिकबाट पहल गरिररहेकाहरु भने दूतावासले थप पहल नगरे यो प्रक्रिया अझै लम्बिने र अनिश्चित बन्ने बताउँछन् । यसमा सहमती जनाउँदै एनआरएन उपाध्यक्ष टासी लामा भन्छन् यसमा अब हामी सबैले पहलकदमी र आवाज उठाइराख्नुपर्छ त्यसो भयो भने दोसी उम्कन पाउँदैन ।

बिहिबार मध्यरातसम्ममा इन्टरपोलले त्रिपाठी बिरुद्ध अनलाईनमा भने अझै पक्राउ पुर्जी जारी गरेको छैन । जसमा १४ नेपाली र दुई बिदेशी नागरिकमाथि इन्टरपोलमा सूचना जारी छ, जुन सुचीमा त्रिपाठीको नाम उल्लेख छैन ।

यस्तै प्रहरीले हालसम्ममा इन्टरपोल मार्फत १४ जना पक्राउ गर्न सफल भएको समेत अनलाईनमा उल्लेख गरेको छ ।

यस आधारमा नेपाल प्रहरीले पत्र पठाएपनि जापान प्रहरीले अनलाईन मार्फत यसको भेरिफिकेसन हेर्न खोजेमा समस्या पर्ने देखिन्छ ।

करोडौं ठगी गरेर जापानमा लुक्दै आएका गोविन्द तिवारी पक्राउ

जापानमा कति दिन लुक्छौ गोविन्द ? करोड ठगको कहाली लाग्दो कहानी (भिडियो सहित)

23.19¡ÆC