टोकियो ।

एनआरएन जापानको नागानो क्षेत्रिय कमिटिको संयोजकमा पम खत्री चयन भएका छन् । आज भएको अधिवेशनले खत्रीको नेतृत्वमा १३ सदस्यीय कमिटि सर्वसम्मत चयन गरेको छ ।

अगष्ट १३ को लागि एनआरएनए जापानको राष्ट्रिय अधिवेशन तोकिएपनि जापानमा गठन भएका एनआरएन क्षेत्रिय अधिवेशनहरु अहिले निर्वाचनमय भएका छन् ।

पहिलो अधिवेशनबाट पनि संयोजक चयन भएका खत्रीको नेतृत्वमा दोस्रो अधिवेसनले उपसंयोजकमा बिजय कार्कि र मित्र लाल बुढाथोकीलाई चयन गरेको एनआरएन जापानका सचिव बुद्धिराज घिमिरेले टपनेपालन्युजडटकमलाई जानकारी दिनुभयो ।

यसैगरि सचिवमा नविन गुरुङ, सहसचिवमा तेजानन्द भण्डारी, कोषाध्यक्ष कोमल साहनीलाई चयन गरेको छ ।

सदस्यहरुमा क्रमश गिता बस्नेत, बद्री अर्याल, मिन बहादुर खत्री, रेश्मा कार्कि, अम्मर भण्डारी र संदिप कार्की रहेका छन् ।

यसअघि क्युस्यु क्षेत्रमा गत शनिवार भएको क्षेत्रिय अधिवेशनले लक्ष्यमण ओझाको संयोजकत्वमा १३ सदस्यीय कमिटि चयन गरिसकेको छ ।

क्युस्युको लागि उपसंयोजकमा देवराज उप्रेती र नवराज गौतम छानिएका छन् भने सचिवमा शीशीर ज्ञवाली चुनिएका छन् ।

यसैगरि सुरज बन सहसचिव तथा कोषाध्यक्षमा दिलेन्द्र जोशी चयन भएका थिए ।

एनआरएन क्युस्यु क्षेत्रिय अधिवेशनले सदस्यमा सुर्य कुमार, सचिन नेवाङ, प्रेम गुरुङ, पंकज बजगाई, नविन अधिकारी, आशीष खड्की, मोहन सिंह मडाई र नारायण सुवेदीलाई चयन गरेको थियो ।

निर्वाचीत क्षेत्रिय कमिटिलाई एनआरएनए जापानका अध्यक्ष सुदन थापाले पद तथा गोपनीयताको शपथ खुवाएका छन् ।

ओकिनावा क्षेत्रको अधिवेशन जुन १० तारिखमा भइसकेको छ भने एनआरएनए नागानो क्षेत्रको दोस्रो अधिवेसनमा एशिया प्यासिफिक उपसंयोजक रोबिन्द्र श्रेष्ठ 'गोबिन्द' को प्रमुख आतिथ्य र बिशेष अतिथि एनआरएनए जापानका अध्यक्ष सुदन थापा संगै अतिथिमा राष्ट्रीय कमिटीका उपाध्यक्ष टासी व. लामा, सचिव बुद्धि राज घिमिरे, सदस्य बाबुराम भण्डारी, सल्लाहकार केशर गिरी, ओएनएफ सचिवालय सदस्य पर्शुराम बस्नेत, गल्कोट समाजका संस्थापक अध्यक्ष कृष्ण गौचन र ब्यवसायी झम बहादुर खत्री सहभागी थिए ।

एनआरएन जापानको ८ औं अधिवेशन अगष्ट १३ मा, आकांक्षि र क्षेत्रिय कमिटि तािलका यस्तो छ

17.43¡ÆC