टोकियो ।

सांस्कृतिक कार्यक्रममा मात्र होइन राजनीतिक तथा सामाजिक कार्यक्रमको लागि जापान आउने नेपालीहरुको संख्या हरेक महिना बढ्दो छ ।

नेपाली सांस्कृतिक कार्यक्रम तथा पर्वमा मात्र जापान बोलाइने गरेका कलाकार हिजो आज जापानी पर्व तथा उत्सवहरुमा समेत हुलका हुल बोलाइने गरेका छन् ।

जातजातीको संख्या भन्दा राजनीतिक दलहरु बढिरहेको नेपालमा सोही संख्यामा जापान आउने नेताहरुपनि बढिरहेका छन् । बहालवाला मन्त्री देखी पूर्व मन्त्री, विशिष्ट व्यक्ति सहित पूर्व प्रधानमन्त्रीहरु जापान आउनु सामान्य जस्तै हुन थालिसकेको छ । जसले गर्दा जापान स्थित नेपाली राजदूतावासको खर्च यिनै विशिष्ट व्यक्तिहरुको स्वागत र सम्मानमा बढ्दै जान थालेको देखिन्छ ।

जापानमा पार्टीका भातृसंगठनहरु विस्तार गरिरहेका दलहरु आफ्ना कार्यकर्ता बढाउन तथा प्रवासबाट सहयोग जुटाउन पनि बढि सक्रिय देखिन्छन् । यस्तै संगठन विस्तार र पार्टी भातृसंगठनको पहिलो महाधिवेशनमा भाग लिन भन्दै जापान आएका डा. बाबुराम भट्टराई नेतृत्वको पार्टीका दुई नेतालाई जापानले एयरपोर्टबाटै नेपाल फिर्ता पठाइदिएको छ ।

जापानी अध्यागमन विभागले हानेदा एयरपोर्टमा ३ घण्टा नियन्त्रणमा लिएर सोधपुछ सहित जापान छिर्न नपाउने भन्दै उनिहरुलाई नेपाल फर्काइदिएको हो ।

यसरी नेपाल फर्काइएका बाबुराम भट्टराई नेतृत्वको नयॉं शक्ति नेपालका दुई नेतामा प्रदेश प्रादेशिक समितिका उपसंयोजक रहेका शंकर भण्डारी र नेता कुमार पौडेल हुन् ।

राजनीतिक विषय कारण कि कानुनी ?

जापानस्थित नयाँ शक्ति पार्टी समर्थीत संगठन अन्तर्राष्ट्रिय नेपाली समाज जापानका एक नेता भन्छन् शंकर भण्डारी जी लाई जापानले यसअघि नेपाल फर्काइदिएको रहेछ त्यहि भएर जापान छिर्न नपाउने भन्यो अनि कुमार पौडेल जी लाई भने झोलामा पार्टीको झण्डा, कागजात भेटिएपछि छिर्न दिएन ।

पूर्व मन्त्री तथा जापान यसअघि आइसकेका बाबुराम भट्टराईका विश्वासपात्र देवेन्द्र पौडेललाई भने जापान प्रवेश दिएको छ ।

जापानस्थित माओवादी पार्टी निकट रहेका जोन छन्त्यालले सामाजिक सञ्जाल फेसबुकमै लेखेर भनेका छन्

कुनै बेला जापानमा हामि एउटै संगठनमा काम गरेको शंकर भण्डारी जापानिज महिला माथि अनैतिक काम र हातपात गरेको आरोपी ठहर गरि टोकियो प्रहरी कस्टडीमा झन्डै ४ महिना बसी जापानको आगमनलाई सदाको लागि बन्द गरि नेपाल फ़र्काइएको थियो । हाम्रो सिंगो संगठनलाई तनाब बनाउनुको साथै व्यक्तिगत आर्थिक लेनदेनमा पनि घोटाला गरि नेपाल फर्केको थियो , पछि बुझ्दा राजधानीमा बसपार्कमा यातायात संचालन गरेको छ रे भन्ने सुन्नमा आएको थियो र खोजि गर्दा भेट भएन अहिले पछिल्लो समय फेरी नया शक्ति देखि प्रदेश प्रादेसिक समितिका उप संयोजक बन्न भ्याई सकेको रहेछ हैट , यसलाई हानेडा बिमानस्थलको अध्यागमनले जापान प्रवेश अनुमती दिएको भए घोर अन्याय हुने थियो फर्काएर एकदम ठिक गरेछ यस्ता फटाहा प्रबिर्ति र चाप्लुसी गर्ने ठग देखि जापानमा हुनु भएका नया शक्तिका जिम्मेवार साथीहरु सजक रहनुहोला ओनेगाइसिमास

श्रोतका अनुसार यसअघि २००८ सालमा विध्यार्थी भिषामा जापानी भाषा अध्यनकालागि जापान आएका भण्डारीलाई जापानी महिला माथी हातपात तथा दुर्य्गवहार गरेको पुष्टि भएपनि जापान प्रहरीले केही समय हिरासतमा राखेर नेपाल फर्काइदिएको थियो । कानुनी रुपमा दोसी ठहर भएर कारवाही स्वरुप सम्वन्धित देशमा फर्काइएका व्यक्तिलाई जापानले पुन प्रवेशआज्ञा नदिने भएकै कारण फर्काइएको यसैबाट प्रस्ट हुन्छ ।

15.25¡ÆC