काठमाडौं ।

श्रीलङ्काली टोली श्रीलङ्कन् लायन्स् जारी यशियन प्रिमियर लिग ए पि यपल टि २० क्रिकेट प्रतियोगिताको दोस्रो स्थानमा उक्लिएको छ ।

त्रिभुवन विश्वविद्यालयको मैदान कीर्तिपुरमा आईतबार भएको खेलमा श्रीलङ्कन् लायन्स्ले अफ्गानी टोली अफ्गानिस्तान लायन्सलाई १० रनले पराजित गर्दै ४ अङ्क सहित दोस्रो स्थानमा उक्लिएको थियो ।

पहिलो ब्याटिङ्ग गर्दै श्रीलङ्कन् लायन्स्ले निर्धारित २० ओभरमा ८ विकेटको क्षेतीमा १ सय ५८ रन बनाएको थियो ।

अफ्गानिस्तान लायन्सले १९.१ ओभरमा १ सय ४८ रन बनाउँदा सबै विकेट गुमाएको थियो ।

प्रतियोगितामा अहिले सम्म नेपालको टोली नेपाल स्टर्म ४ सहित रन रेटका आधारमा श्रीर्ष स्थानमा कायमै रहेको छ ।

समान ४ अङ्क भएका श्रीलङ्कन् लायन्स् र बंगालादेश टाईगर्स रन रेटका आधारमा क्रमस दोस्रो र तेस्रो स्थानमा रहेका छन् ।

दुवाई वारियर्स, अफ्गानिस्तान बुल्स र ईन्डियन स्टार्स क्रमस चौथो, पाँचौ र छैठौँ स्थानमा रहेका छन् ।

श्रीर्ष चार स्थान प्राप्त गर्ने टोलीले सेमिफाईनलको यात्रा तय गर्ने छ ।

26.12¡ÆC