चितवन ।

चितवनको मुग्लिङ्ग–नारायण सडकखण्ड अन्र्तगत ईच्छाकामना गाउँपालिका वडा नम्बर ६ स्थित कालिखोलामा हिजो बिहान पहिरोसँगै बगेर बेपत्ता भएका दुई प्रहरी र प्रहरीको भ्यान खोज्न जिल्लाका सबै सुरक्षा निकायको पाँच वटा टोली परिचालन गरिएको छ ।

दुई वटा कुकुरसहित पाँचवटा टोलीमा १५० भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको चितवनका प्रहरी नायव उपरिक्षक दीपक श्रेष्ठले जानकारी दिनुभयो ।

प्रहरीको निधनप्रति गृहमन्त्रीद्वारा समवेदना व्यक्त

काठमाडौँ ।

गृहमन्त्री जनार्दन शर्माले नारायणगढ–मुग्लिन सडक खण्डमा खसेको पहिरो पन्छाउने कार्यमा संलग्न हुँदा प्रहरी सहायक निरीक्षक निश्चलकुमार तामाङ र जवान दीपकुमार मास्केको निधन भएकामा हार्दिक समवेदना प्रकट गर्नुभएको छ ।

गृहमन्त्री शर्माले आज एक शोक वक्तव्य जारी गर्दै कर्तव्य पालनाको सिलसिलामा दुई राष्ट्र सेवक गुमाउनु परेको र प्रहरी जवानद्वय लीलबहादुर चेपाङ र सन्दिप कार्की समेत बेपत्ता हुनुभएको भन्दै शोक सन्तप्त परिवार, नेपाल प्रहरीका सकल दर्जा र आफन्तमा धैर्य धारण गर्ने शक्ति मिलोस् भन्ने कामना गर्नुभएको छ ।

गृहमन्त्री शर्माले मृतक प्रहरी कर्मचारीका परिवारलाई राहत तथा बालबालिकाको पठनपाठनको व्यवस्था मिलाउने वचतबद्धता समेत व्यक्त गर्नुभएको छ ।

21.12¡ÆC