‘गोर्खाली’ भन्दा गौरब, ‘नेपाली’ भन्दा अपमान ? ‘दार्जीलिङ’ र ‘काठमाडौं’वीच यसरी सुरु भयो भनाभन

असार १०, २०७४ मा प्रकाशित | 1704 views

काठमाडौं । भारतको ‘गोर्खाल्याण्ड’ आन्दोलनलाई नेपालीहरुले समर्थन गरेकोमा आपत्ति जनाउँदै ‘असमेली गोर्खा’ नामक फेसबुक पेजमा प्रश्न गरिएको छ- ‘किन नेपालीहरु यतिसाह्रो मूर्ख भएका ? तिनीहरु के गर्न चाहन्छन् ?

गोर्खाल्याण्डलाई नेपालीहरुले समर्थन जनाएकोमा दुःखमान्दै भनिएको छ- ‘यदि गोर्खाल्याण्ड आन्दोलनलाई नेपाल र नेपालीहरुले समर्थन गर्ने हो भने यो कहिल्यै पनि सफल हुँदैन, भारत सरकारले कहिल्यै गोर्खाल्याण्ड दिँदैन ।’

असमका भारतीयले चलाएको सो फेसबुक पेजमा थप भनिएको छ- ‘हामी एउटै भाषा बोल्छौं तर यसको अर्थ यो होइन कि हामीले जय हिन्दको सट्टा जयनेपाल भन्नुपर्छ ।’

नेपाल र नेपालीहरुले अपरिपक्व राजनीति गरिरहेको भन्दै भारतीय गोर्खालीको थप गुनासो छ, तिनीहरु (नेपालीहरु) आफूले सबथोक जानेको ठान्छन् र गोर्खाल्याण्ड आन्दोलनलाई अवरुद्ध पार्ने अवसर कहिल्यै छाड्दैनन् ।

पेजमा अगाडि भनिएको छ, ‘हामीले सोचेका थियौं कि हामी राज्य र केन्द्रीय सरकारविरुद्ध लडिरहेका छौं । अब यस्तो लाग्छ, हामीले यो धारणाले लड्नुपर्छ कि, नेपालीहरु यो प्रयास गरिरहेका छन्, यो आन्दोलन नेपालले गरेको हो ।

काठमाडौंको प्रश्नः गोर्खाली किन भन्ने ?

भारतीय गोर्खाहरुले आफ्नो आन्दोेलनलाई नेपाल र नेपालीहरुबाट समर्थन नजनाइयोस् भनिरहेका बेला यता नेपालमा चाहिँ भारतीयहरुले आफूलाई गोर्खाली भन्न नमिल्ने जस्ता तर्क सुरु भएका छन् ।

दुबैतर्फको यस्तो भनाभनले दार्जीलिङ र काठमाडौंवीच दूरी बढ्न थालेको देखाएको छ ।

‘असमेली गोर्खा’ को सोही पेजमा एक ‘नेपाली साथी’ ले यस्तो कमेन्ट गरेको उल्लेख छ-

‘सबै दार्जीलिङबासी भारतीयहरु समक्ष नेपालबाट विनम्र निवेदन । गोर्खाली नेपालको पहिचान हो । तपाईले लगाउने टोपी र चलाउने खुकुरी सबै हामी नेपालीको पहिचान र स्वाभिमान हो । जब-जब गोर्खाल्यान्ड विषयमा तपाईंको समर्थनमा नेपालमा आवाज उठ्छ, तपाईहरु ‘ब्याक अफ नेपाल’ भन्दै बिरोध गर्नु हुन्छ । आफ्नो पहिचान बोकेको देशसँग यति नै घृणा छ भने आफूलाई गोर्खालीसँग जोडेर गोर्खाल्याण्डको माग राख्ने आधिकार तपाईहरुलाई छैन । गोर्खाली भनेको हामी नेपालवासीको पहिचान हो । हाम्रो पहिचानमाथि हस्तक्षेप गर्न पाउनुहुन्न ।

भोलि गएर अंग्रेज- नेपाल वारमा युद्ध गर्ने वीर गोर्खाली हाम्रै गोर्खाल्याण्डका हुन् भन्नुहोला रे । भोलि गएर भारतले कहिल्यै नझुक्ने कहिल्यै पछि नहट्ने वीर गोर्खाली भनेका हाम्रा गोर्खाल्याण्ड राज्यका नागरिक हुन् भन्ला रे । यदि तिमी आफूलाई नेपाली हैन भन्छौ भने तिमी गोर्खाली पनि हैनौ । तिमीहरुलाई हामी मन नपर्न सक्छौं, ठीक छ । यत्ति हो कि कृपया हाम्रो पहिचानमा हस्तक्षेप नगर ।’

नेपाली र भारतीय गोर्खालीको रोचक भनाभन

नेपालीको कमेन्टमाथि थप कमेन्ट गर्दै ‘असमेली गोर्खा’ले यस्तो लेखेको छः

‘तिमीहरुको समर्थनभन्दा विरोध धेरै राम्रो हो । यति तिमीहरुले समर्थन गर्‍यौ भने हामीले कहिल्यै गोर्खाल्याण्ड पाउँदैनौं । यति तिमीहरुले विरोध गर्‍यौ भने हामीलाई धेरै फरक पर्दैन । त्यसैले तिमीहरुलाई जे मन लाग्छ, त्यही गर । हामी यस्ता फोहोरी कुरामा समय खेर फाल्न गर्न चाहन्नौं ।’

भारतीयहरुले गोर्खाल्याण्ड भन्न पाइँदैन भन्ने नेपाली नागरिकको कमेन्टमाथि उताको जवाफ यस्तो छ-

‘नेपालमा १० वटा गोर्खाल्याण्ड बनाउनोस् हामीलाई आपत्ति छैन । गोर्खाल्याण्डको पेटेन्ट मागेको हैन हामीले । हामीले बनाउँदैमा अरुले बनाउन नपाउने होइन ।’

फेसबुके बहसमा भाग लिँदै नेपाल तर्फबाट गोविन्द भुसालले लेखेको कमेन्टचाहिँ यस्तो छः

‘गोर्खा जिल्ला पश्चिम नेपालमा पर्छ । नेपाल एकीकरण त्यहीँबाट सुरु भएको हो । त्यसका महानायक हुन् पृथ्वीनारायण शाह । गोरखनाथ मन्दिर पनि गोर्खामै पर्छ । वीर गोर्खाली पहिचान विश्वमा पुर्‍याउने पनि हाम्रा पूर्खा पृथ्वीनारायण शाह हुन् । दार्जीलिङ लगायतका भू-भाग दार्जीलिङबासीलाई भारतको लाग्छ, उनीहरु भारतीय नै हुन् भन्ने लाग्छ भने त्यो उनीहरुको स्वतन्त्रता हो । तर, मेरो पूर्खाले जोडेको ब्राण्ड ‘वीर गोर्खाली, जय गोर्खाली, जय गोरथनाथ’ जस्ता शब्द नेपालभूमिमा रहने नेपालीले मात्र प्रयोग गर्न सक्छन्, त्यो भारतीय नागरिकलाई प्रयोग गर्ने अधिकार छैन । इतिहासमा कहिल्यै भारतीय ‘वीर गोर्खाली थिएनन्, हैनन र हुने छैनन् । नेपाली वीरताको यो पहिचानसँग मिल्ने गरी ‘गोर्खाल्याण्ड’ माग्ने अधिकार दार्जीलिङवासीलाई छैन । प्रसंग दार्जीलिङवासीले नेपाल र नेपालीलाई तुच्छ गालीगलौजमा उत्रेपछि आएको सोच हो यो ।’

गोर्खाबारे तेजलाल उपाध्यायको अर्को तर्क यस्तो छ-

गोरखनाथ मन्दिर कुन ठाउँमा छ, यो अस्पष्ट र अनुचित तर्क हो । गोर्खा एउटा ठाउँको नाम मात्र होइन, यो एउटा वीर जातिको नाम हो, पश्चिम नेपालको गोर्खा जिल्लामा बस्ने मान्छेमात्र होइनन्, उनीहरु पूरा विश्वमा आफ्नो बहादुरी र पराक्रम देखाएर आफ्नो परिचय बनाएका लाखौं सैनिक हुन् । गोर्खालाई खोज्ने हो भने हङकङ, सिंगापुर लगायत विश्वका कुनै पनि भूभागमा जाँदा भेटिन्छ । नेपालमा गोर्खा जिल्ला छ भन्दैमा सबै वीर सैनिक जसले नेपाली बोल्छ, ती नेपालकै हुनुपर्छ भन्ने कुन इतिहासमा छ ? दार्जीलिङ भारतको अभिन्न अंग हो, त्यो भूखण्डमा नेपाली बोलीचाली भएका मान्छे अनादि कालदेखि बसोबास गरी आइराखेका छन् र उनीहरुको नेपालसँग कुनै प्रकारको सम्बन्ध छैन । उनीहरु गोर्खा (लडाइँ गर्ने जाति) हुन् र वहाँहरुले भारत देशभित्र गोर्खाल्याण्ड माग्ने पूर्ण हक र स्वतन्त्रता छ । यो आन्दोलनमा कुनै बाहिरको देशले हस्तक्षेप गर्ने कुनै कुरो हुनै सक्दैन । महान गोर्खा जाति विश्वका धेरै ठाउँमा छन् र उनीहरुको नेपाल र गोर्खा जिल्लासँग कुनै सरोकार छैन ।

असमेली फेसबुक पेजमा प्रधान राजले रियल गोर्खाहरु नेपाली हुन् भन्दै यस्तो तर्क गरेका छन्-

दार्जीलिङवासीहरुले आफ्नो हक अधिकार पाउनुपर्छ मेरो समर्थन छ । तर, कैयौं वर्ष अगाडि नेपाल र नेपालमै बसोबास गरेका नेपालीले आफ्नो रगत बगाएर पाएको उपाधि ‘गोर्खाली’ शब्दलाई लिएर दार्जीलिङवासी, जो आफूलाई भरतीय भन्न रुचाउँछन्, ले आफ्नो ठाउँको नामाकरण हाम्रो देशको उपाधिलाई लिएर गर्न पाउँदैनन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web