टोकियो ।

जापानका लागि नेपाली राजदूत नियुक्त प्रतिभा राणाले आफ्नो ओहोदाको प्रमाणपत्र जापानी सम्राट समक्ष पेश गरेकी छिन् ।

बिहिबार एक समारोहका बिच राजदूत राणाले प्रमाणपत्र जापानी सम्राट अकिहितो समक्ष पेश गरेको नेपाली राजदूतावासले विज्ञप्ति मार्फत जानकारी गराएको छ ।

सो अवसरमा राजदूत राणाले राष्ट्रपति विद्यादेवी भण्डारीले सम्राटको व्यक्तिगत सुस्वास्थ्य तथा सुखको कामना गर्दै पठाउनुभएको सन्देश पढेर सुनाएकी थिइन् ।

राजदूत राणाले सम्राट समक्ष नेपाल र जापानबीच रहिआएको निकट तथा सौहार्द सम्बन्धलाई आफ्नो कार्यकालमा थप मजबुत पार्ने बचनबद्धता व्यक्त गरेको बताइएको छ ।

सन् २०१५ मा नेपालमा गएको भूकम्पपछि पुनःनिर्माणको काम भइरहेको भन्दै राजदूत राणाले भुकम्पपछि र पुर्ननिर्माणमा जापानले गरेको सहयोगप्रति धन्यवाद ज्ञापन गरेकी थिइन् ।

जापानको आन्तरिक मामिला तथा संचारमन्त्री कसेने ताकाइची, नेपाली दूताबासका उपनियोग प्रमुख कृष्णचन्द्र अर्याल, द्वितीय सचिव टोपनारायण गिरी र तृतीय सचिव रेवन्त केसी सो अवसरमा उपस्थित थिए ।

गत महिना मात्र राष्टिय प्रजातन्त्र पार्टिको तर्फवाट राजदूतमा सिफारिस भएकी राणा तीन साता अघि कार्यभार सम्हाल्न जापान आएकी हुन् ।

राप्रपाबाट सिफारिस भएपनि राजदूत राणा प्रधानमन्त्री शेरबहादुर देउवाको आफ्नै सासु हुन् ।

19.29¡ÆC