कामनपा सदस्यलाई मोबाइल किन्न मात्रै १३ लाख, मेयर उपमेयरले जतिको किन्न नि पाउने

असार ८, २०७४ मा प्रकाशित | 1261 views

काठमाडौं ।

निर्वाचनका समयमा बिजयी भएमा जनताका लागि यस्ता र उस्ता काम गर्ने बताएका काठमाडौं महानगरका मेयर उपमेयर सहित निर्वाचीत जनप्रतिनिधिले आफ्नै लागि मोबाइल फोन देखी सेवा सुविधा बाँड्ने निर्णय गरेर जनताको विश्वासमाथि विश्वासघात गरेका छन् ।

चुनावका समयमा जनताको मन जित्ने आश्वासन बाँडेका उनिहरुले बिजयी भएपछि भने आफ्नै लागि सेवा सुविधाका निर्णयहरु गर्दै मोबाइल फोन देखी बैठक भक्ता सहित दशौं लाख रुपैयाँ सेवा सुविधाको लागि छुट्याउने निर्णय गरेका छन् ।

नगर कार्यपालिकाको मंगलबार बसेको बैठकले जनप्रतिनिधिको सेवा सुविधाका लागि भन्दै ३५ लाख रुपैयाँ छुट्याउने निर्णय गरेको छ ।

यसरी छुट्याएको रकमबाट उनिहरुले मेयर र उपमेयरलाई आफूले रोजेको मोबाइल किन्ने छुट दिएको छ । उनीहरुले मोबाइल किनेर बिल पेश गरेपछि जति रकमको किनेपनि पैसा पाउनेछन् ।

नगर कार्यपालिका सदस्यका लागि समेत मोबाइल किन्न ३० हजार रुपैयाँ जनताको करबाट उठेको राजश्वको दुरुपयोग गरेका छन् ।

कामनापा सदस्यमा ३२ वडाका वडाध्यक्ष र ८ सदस्य रहेका छन् । सामान्य रुपमा हेर्ने हो भनेपनि यो १२ लाख र मेयर उपमेयरले यहि अनुपातमा कम्तिमा ५० हजारको किनेपनि १ लाख सहित १३ लाख रुपैयाँ सक्नेछन् ।

यतिमात्र नभई मेयर उपमेयरले फोनको खर्च सबै महानगरबाटै असुलउपर गर्ने छन् भने नगरपालिका सदस्यले मासिक रुपमा २५ सय टेलिफोन खर्च स्वरुप लिनेछन् ।

यसैगरि कामनपा बैठकले मेयर र उपमेयरलाई १५०० बैठक भत्ता दिने निर्णय समेत गरेको छ । साथै नगर कार्यपालिकाका सदस्य र आमन्त्रित सदस्यहरुलाई १ हजार तोकिएको छ ।

बैठकमा आउँदा १ हजार यातायात खर्च पनि पाउनेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web